नेकपा माओवादीको आमहड्ताल भोलि एकदिनमात्र

काठमाडौ, २४ कात्तिक /नेकपा(माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले भोलि सोमबारदेखि गर्ने भनेको पूर्व घोषित आन्दोलनका कार्यक्रमलाई परिर्माजन गर्दै भोलि २५ गते एक दिन मात्र आमहड्ताल गर्ने भएको छ। चुनाव बहिष्कारसहित आन्दोलनमा रहेको मोर्चाले पर्सि २६ गतेदेखि मंसिर ५ गतेसम्म सवारीसाधन मात्र बन्द गर्ने आइतबार बसेको कार्यसमितिको बैठकले निर्णय गरेको छ।
अहिले केहीबेर अघि पार्टी कार्यालय बुद्धनगरमा पत्रकार सम्मेलन गर्दै नेकपा माओवादीले आन्दोलनको स्वरुपलाई परिर्वतन गरेको हो। न्दोनलका अवधिमा एम्बुलेन्स, प्रेस तथा कुटनीतिक नियोगका सवारीसाधन र उद्योग कलकारखान,शिक्षण संस्था बजार पसललगायत अरु सबै यथावत रुपमा सञ्चालनमा आउने पार्टीले आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । यसअघि ३३ दलले आफ्नो सहभागिताविना हुने चुनावको सक्रिय बहिष्कार गर्ने भन्दै भोलिदेखि मंसिर ५ गतेसम्म आमहड्ताल गर्ने घोषणा गरेको थियो।

कमेन्टहरु
Loading...