३३ दलीय मोर्चाले आन्दोलनको स्वरुप आज सार्वजनिक गर्ने

काठमाडौ, २४ कार्तिक नेकपा माओवादी नेतृत्वको चुनाव विरोधी ३३ दलीय मोर्चाले आज छलफल गरी आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने भएका छन् । यसअघि आव्हान गरिएको १० दिने आमहड्तानको तीब्र विरोध भएपछि मोर्चाले आज पत्रकार सम्मेलनमार्फत् स्वरुप बदलिएको आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएको हो ।

नेकपा(माओवादी प्रवक्ता पम्पा भुसालले छलफलपछि ४ बजे पत्रकार सम्मेलनमार्फत् आन्दोलनका कार्यक्रम घोषणा गर्ने जानकारी दिइन् ।
मोर्चाले आह्वान गरको आमहड्तालको कुटनीतिक समुदाय, निजी क्षेत्र र सरकारले विरोध गरिसकेका छन् । सरकारले हिजो औपचारीक रुपमै बन्द तुहाउने घोषणा गरेको छ । निजी क्षेत्रले पनि बन्दको अवज्ञा गर्ने बताइरहेका छन् । मोर्चाले यसअघि भोलीदेखि चुनावको दिन मंसिर ४ गते सम्म १० दिन आमहड्ताल गर्ने घोषणा गरेको थियो ।

कमेन्टहरु
Loading...