क्षेत्र नं १ मा साँस्कृतिक कार्यक्रमसंगै घरदैलो

पोखरा, २३ कात्तिक/नेकपा एमाले कास्की क्षेत्र नं १ ले शनिबार साँस्कृतिक कार्यक्रमसंगसंगै घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । उम्मेदवार मानबहादुर जिसी सहित एमाले कार्यकर्ताहरुको बाक्लो उपस्थिितिमा लेखनाथ को शिशुवाबाट सुरु भएको साँस्कृतिक कार्यक्रम तथा घरदैलो अभियान खुदि, तागाको मुख, गगनगौडा हुदै भण्डारढिकमा पुगि सभामा परिणत भएको थियो ।

चुनावी सभामा बोल्दै उम्मेदवार जिसीले देशले लामोसमयदेखि संविधानको रितmता भोगिरहेको बताउदै देशलाई संविधान दिई मुलुकको विकास गर्ने महान कार्यमा सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । जिसीले नेकपा एमालेको निति सवै जाति , वर्गलाई समेट्ने खालको भएकाले नै एमालेमा आबद्ध हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएकोमा खुशि ब्यतm गर्नुएभयो । कार्यक्रमा बोल्दै समानुपातिक उम्मेदवार खगराज अधिकारी र युवा संघका केन्द्रिय महासचिव राजिव पहारीले मतदान गरि आफनो मतको सदुपयोग गर्न आग्रह गर्नुभयो ।

एमाले कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको साँस्कृतिक कार्यक्रममा राष्ट्रिय जनसाँस्कृतिक मन्चबाट लोक गायक पद्यमराज ढकाल, नारायण बाँस्तोला लगायतका अन्य कलाकारहरुले जनवादी गित सहित विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । यसैविच उम्मेदवार मानबहादुर जिसीले आईतबार लेखनाथ को वडा नं १२ र १४ मा घरदैलो कार्यक्रम गर्ने एमाले सम्पर्क कार्यालय शिशुवाले जनाएको छ ।

कमेन्टहरु
Loading...