सारङी र सुगम संगीतमा मन्त्रमुग्ध भए पोखरेली

कात्तिक २३ पोखरा /मौलिक बाजा सारंगी तथा अन्य बाजाहरुको धुन सुनेपछि पोखरेलीहरु मन्त्रमुग्ध भए । सारंगी बाजा र अन्य मौलिक बाजाको सम्मिश्रण सहित लक्ष्य ब्याण्डले आफ्नो प्रस्तुती प्रस्तुत गरिरहदा पोखरामा आयोजना गरिएको एक कार्यक्रममा सहभागीहरु मन्त्रमुग्ध बने । बोटल्स फर स्कुल नेपालको आयोजना तथा पब्लिक इभेन्टको सहयोगमा शनिवार पोखरामा आयोजना गरिएको सारंगीमा सुगम संगीत कार्यक्रममा उपस्थितहरु लक्ष्य ब्याण्डको सारंगी र बिभिन्न मौलिक बाजाको धुन मन्त्रमुग्ध बने । saring
लक्ष्य ब्याण्डले विभिन्न मौलिक लोक धुनहरु सुनिसकेपछि कार्यक्रममा उपस्थित वरिष्ठ ब्यूटिसियन, संचारकर्मी तथा समाजसेवी मीना गुरुङ्गले आफुलाई सारंगी र मौलिक बाजाको धुनले मन छोएको वताइन । उनले भनिन यूवाहरु नेपाली मौलिकततालाई विर्सिदै गइरहेको वेला लक्ष्य ब्याण्डले आफ्नो मौलिकता र संस्कृतिको जगेर्ना गरिरहेको छ यसबाट बिदेशि भुमिमा पसिना बगाइरहेका यूवाहरुले पाठ सिक्नुपर्दछ । सरकारले पनि यस्ता यूवाहरुलाई पाठशाला निर्माण गरी पुरानो संस्कृतिको जगेर्ना गर्नुपर्नेमा गुरुङ्गले जोड दिइन ।
कार्यक्रममा वोल्दै शसस्त्र प्रहरी बल तालिम केन्द्र महाविद्यालय लामापाटन पोखराका शसस्त्र प्रहरी वरिष्ठ उपरिक्षक राजेश श्रेष्ठले यूवाहरुले सारंगी र मौलिक बाजालाई बचाउनका लागी ब्याण्ड खोलेर लागी परेकोमा धन्यबाद ब्यक्त गरे । उनले बोटल्स फर स्कुल नेपालले विभिन्न सामाजिक क्रियाकलापका लागी आयोजना गरेको कार्यक्रमको प्रगतीको समेत कामना गरे ।
पोखराको चिप्लेढुङ्गामा रहेको रुपाहिल दोहोरी सांझमा सम्पन्न कार्यक्रममा लक्ष्य ब्याण्डले मौलिक बाजा सारङगी, बासुरी, मादल आदि बाजामा मौलिक धुनहरु प्रस्तुत गरेका थिएभने गायक बिनोद बानिया, उज्वल भण्डारी, रिदम ब्याण्डले आधुनिक सुगम संगीत, फिल्मी गीतबाट दर्शकलाई संगीतको स्वाद चखाएका कार्यक्रम सह संयोजक उमेश पौडेलले जानकारी दिए ।कार्यक्रममा बाट बचेको रकम सरकारी स्कुलका लागि पुस्तकालय सामाग्री, खेलकुद सामाग्री , गरिब तथा जेहेन्दार बिद्यार्थीका लागि बिद्यार्थी पोशाक, छात्रबृत्ति प्रदान गर्न खर्च गरिने कार्यक्रम संयोजक सञ्जय मल्लले जानकारी दिए ।
पोखरामा एउटा पृथक र स्तरिय कार्यक्रम गरी सामाजिक उत्तरदायित्व पुरा गर्न युवा बर्गलाई सामाजिक कार्यमा प्रेरित गर्नका लागि पनि अभिप्ररित गराउने आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...