एलिनाको ‘पन्छि’ मा नारी पीडा (भिडियो)

गायिका एलिना चौहानका गीत अचेल लगालग लोकप्रिय भइरहेका छन् । उनको स्वरमा रहेको पछिल्लो गीत ‘पन्छी’ ले पनि अहिले क्रमश: स्रोतादर्शकको मन जित्दै गइरहेको छ ।

लोक आधुनीक स्वादका गीतमा चर्चा कमाइ रहेकी एलिनाको ‘पन्छी’ भने केही फरक शैलीको छ ।

सुदीप आत्रेयको शब्द र किरण माइकल घिमीरेको संगीतमा रहेको गीतको भिडियोमा धन कमाउने सपना बोकेर बिदेश पुगेका नेपाली चेलीले भोग्नु परेको पीडा प्रस्तुत गरिएको छ ।

फरज अर्पणले निर्देशन गरेको गीतको भिडियोमा गायिका एलिना स्वयम्,नम्रता अर्याल,गणेश पौडेल,सन्तोषकुमार थीनलगायतले अभिनय गरेका छन् ।

निर्देशक अर्पणकै छायांकन र सम्पादन रहेको भिडियो आत्रेय प्रोड्क्सन युट्युव च्यानलबाट सार्वजनीक गरिएको हो ।

वास्वतिक घटनाहरुलाई गीतमा प्रतिबिम्बित गरिएको गीतकार सुदीप बताउछन् ।

गीतको भावअनुसार म्युजीक भिडियो निर्माण गरिएकाले दर्शकले क्रमशः मन पराउदै गएको धारणा उनको छ ।

[youtube https://www.youtube.com/watch?v=pDGkGlSzv5g]

कमेन्टहरु
Loading...