एजेन्सी । भारतका केन्द्रीय यातायात मन्त्री नितिन गड्करीलाई कोरोनाभाइरस संक्रमण भएको छ । उनले आफू कोरोना भाइरसबाट संक्रमित भएको सामाजिक सञ्जालबाट जानकारी दिएका छन् ।
उनले पछिल्लो समयमा आफ्नो सम्पर्कमा आएकाहरुलाई तत्काल स्वास्थ्य परीक्षण गर्न र सतर्कता अपनाउन पनि आह्वान गरेका छन् । ‘मैले हिजो कमजोर महसुस गरें, अनि मैले चिकित्सकसँग परामर्श गरें, अनि कोरोना परीक्षण गर्दा कोरोना भाइरसबाट संक्रमित भएको नतिजा आयो ।’ उनले बुधबार सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।
उनले थप लेखेका छन्, ‘भगवानको कृपा र तपाईंहरु सबैको सुभेच्छाले मलाई अहिले धेरै निको भइसकेको छ, म अहिले आराम महसुस गरिरहेको छु ।’ रासस