‘एमाओवादीको नीति र नेतृत्वले मात्रै समृद्धि संभव’

लेखनाथ, २३ कात्तिक /एमाओवादी कास्की क्षेत्र न.१ का उम्मेदवार विष्णु पौडेलले देशैभर एकीकृत माओवादीको पक्षमा जनलहर आएको बताउनुभयो । उहाँले काँग्रेस र एमालेले दशौंवर्ष सत्तामा बसेर भ्रष्टाचार गरेकै कारण मुलुक गरिब बनेको बताउँदै अब एमाओवादीको नीति र नेतृत्वले मात्रै समृद्धिको बाटोमा लैजाने विचार व्यक्त गर्नुभयो ।कार्यक्रममा एकीकृत माओवादीकी केन्द्रीय सदस्य कञ्चन खनालले जनमुखी संविधान निर्माणको एउटै आधार एकीकृत माओवादीको दुई तिहाई बहुमत आउनु रहेको बताउनुभयो । उहाँले गोलोभित्रको हसियाँ हथौडामा मतदान गरी स्थीर राजनीति र समृद्ध मुलुकको सपना साकार पार्नुपर्ने बताउनुभयो । उम्मेदवार पौडेलले वडा न.९ मा घरदैलो समेत गर्नुभएको थियो । शनिबार उम्मेदवार विष्णु पौडेलले लेखनाथ नगरपालिका वडा न.१२ मा पनि घरदैलो गर्नुभएको छ । उहाँले लेखनाथ–१२ को खुदी नहरचोकदेखि विश्वविद्यालय, ताओको मुख पावरहाउस, गगनगौंडा, मुसेटुँडा, सूर्यमुखी तमु समाज, घोतघोते हुँदै ढुंगेपाटन पुन मगर टोल सम्म घरदैलो गर्नुभयो ।

क्षेत्र न.२ का तमु समाज बखानसिंहको पक्षमा
कास्की क्षेत्र न.२ मा रहेका अधिकांश तमु समाजहरुले एकीकृत माओवादीका उम्मेदवार बखानसिंह तमुलाई सघाउने भएका छन् । अधिकांश तमुहरुको बसोबास रहेको यस क्षेत्रमा रहेका तमु समाजहरुले बखानसिंहलाई सघाउने भएपछि उहाँको जित निश्चित जस्तै भैसकेको अनुमान गर्न थालिएको छ । यसैबीच, निर्वाचन क्षेत्र न.२ को पोखरा–१६ मा रहेको तल्लोदीप–जोगीमणी तमु समाजले एकीकृत माओवादीका उम्मेदवार बखानसिंह तमुलाई सघाउने भएको छ । शनिबार आयोजित उम्मेदवार भेटघाटका क्रममा समाजका सदस्यहरुले तमुलाई सघाउने बताएका हुन् ।
कार्यक्रममा उम्मेदवार बखानसिंह तमुले अहिले उग्रजातिवादीहरुले विभिन्न रुपले भ्रम फैलाइरहकोले त्यस्तो भ्रममा नपर्न आग्रह गर्नुभयो । उहाँले उग्रजातिवादीहरुले नारामा मात्रै उठाउने तर व्यवहारमै कार्यान्वयन गर्ने पार्टी एकीकृत माओवादी मात्रै भएको बताउनुभयो । कार्यक्रममा एकीकृत माओवादीका वडा कमिटी अध्यक्ष सुवेदार इमानबहादुर तमुले गोलोभित्रको हसियाँ हथौडामा मतदान गरी बखानसिंह तमुलाई जिताउन आग्रह गर्नुभएको थियो ।

‘पोखरा–९ एकीकृत माओवादीको किल्ला’
कास्की क्षेत्र न.३ मा एकीकृत माओवादीका उम्मेदवार रामजीप्रसाद बराल जीवनले पोखराको वडा न.९ माओवादीको किल्ला भएको बताउनुभएको छ । शनिबार वडाको कृष्णटोलमा आयोजिता कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार बरालले वडा न.९ का मतदातासँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताउनुभयो ।

धेरै जनसंख्या भएका सुकुम्बासी बस्तीहरु यहि वडामा पर्ने भएकोले सो वडाबाट एकीकृत माओवादीले अत्याधिक मत पाउने उहाँले बताउनुभयो । ‘सुकुम्बासीहरुको बास्तविक हित चाहने पार्टी कुन हो भनेर जनताले चिनिसकेका छन्’–उहाँले भन्नुभयो–‘क्रान्तिकारी भुमिसुधार लागु गरेर भुमिहिनहरुको व्यवस्थापन गर्न माओवादी प्रतिवद्ध छ ।’
भोट दिनुस्, संविधान र समृद्धि दिन्छौ ः उम्मेदवार हमाल

कास्की क्षेत्र न.४ का एकीकृत माओवादी उम्मेदवार गुप्तबहादुर हमाल (सन्देश) ले जनताले एकीकृत माओवादीलाई भोट दिए, जनमुखी संविधान र समृद्ध नेपालको सपना पुरा हुने बताउनुभएको छ । सराङ्कोट गाविसको वडा न.९ मा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो–‘माओवादीकै नीति र नेतृत्वले मात्रै मुलुकलाई पार लगाउन सक्छ ।’

अन्य पार्टीहरु सत्तामा पुगेर कमाउ धन्दामा लाग्ने गरेकोले मुलुकले वर्वादी खेपिरहेको उल्लेख गर्दै उम्मेदवार हमालले माओवादीमा व्यक्तिगत सम्पत्ति थुपार्ने कुनै चाहना नरहेको भनाई व्यक्त गर्नुभयो । उहाँले १० वर्षे जनयुद्धका क्रममा मृत्युसँग पैठेजोरी खेल्दै आएकोले नाफाको जिन्दगी उत्पीडित वर्ग र समुदायकै पक्षमा लगानी गर्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा चुनाव प्रचारप्रसार समितिका संयोजक दीलिपविक्रम शाही, अखिल नेपाल सुकुम्बासी संघका जिल्ला अध्यक्ष हर्कबहादुर विक, एकीकृत माओवादीका गाउँ कमिटी अध्यक्ष राजु तिमिल्सिना, पिलडाँली समाजका अध्यक्ष होमविर पुनले पनि बोल्नुभएको थियो । उहाँहरुले क्षेत्र न.४ मा हमालको विजय सुनिश्चित भइसकेको बताउनुभएको थियो ।

कमेन्टहरु
Loading...