नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

पोखरा । नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलो र पाँचकिलोमा ५ बिहान खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ । सडकका ४ ठाउँमा एकतर्फी सञ्चालनमा रहेका छन् भने अन्य ठाउँ सफा गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दयाकृष्ण भट्टकाअनुसार बिहान ५ः४५ बजेको समयमा ती दुवै ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएसँगै बिहान ११ः०० बजेदेखि सवारी आवागमन सुरु भएको उनले जानकारी दिएका छन् ।

भट्टका अनुसार सो सडकको सत्रकिलो, सिमलताल, रिग्दीखोला र भालुढुङ्गामा एकतर्फी सडक खुलेको छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार एकतर्फी सडक खुलेका ठाउँमा दुईतर्फी खुलाउने काम सुरु भएको छ ।

सो सडकखण्डमा सोमबार राति ठाउँठाउँमा पहिरो खसेको थियो । पाँच वर्षयताको सबैभन्दा बढी पहिरो खसेको कार्यालयले जनाएको छ । मंगलबार दिनभर १६ उपकरण प्रयोग गरेर पहिरो पन्छाइएको थियो । रासस

कमेन्टहरु
Loading...