आक्रान्त मुलुकलाई हामी निकास दिन्छौं ः दुगड

पोखरा, २३ कात्तिक /राजनीतिक तथा आर्थिक रुपमा आक्रान्त रहेको नेपाललाई नव नेपाल निर्माण पार्टीले निकास दिने बताएको छ । नव नेपाल निर्माण पार्टीका अध्यक्ष एवं उद्योगी मोती दुगडले पोखरामा शनिबार आयोजित रिपोर्टर्स क्लबको साक्षात्कार कार्यक्रममा चन्दा, हड्ताल, बन्द, राजनीतिक बेइमानी र जनता ठगहरुलाई नेपालमा अव स्थान नभएको बताउँदै जनताको चाहना अनुरुप नै आफूहरु राजनीतिमा सक्रिय हुन परेको बताए ।

उनले हामीसंग पैसाको कमी छैन, मेनपावरको अभाव छैन ।’ भन्दै राजनीति देशको लागि हुनु पर्नेमा त्यसो नभएकाले ठूला दलको औचित्य नै सकिएको बताए । विभिन्न क्षेत्रमा २४ जना प्रत्यक्ष उम्मेदवार र ५० जना समानुपातिक उम्मेदवार खडा गरेर चुनावी मैदानमा उभिएको पार्टीले कसैसंग चन्दा नलिने, आर्थिक विकास, संविधान र नयाँ नेपाल निर्माणको अभियानमा रहेको बताए ।

रिपोर्टर्स क्लब कास्कीका कार्यबहाक अध्यक्ष केदार धमलाको अध्यक्षतामा सम्पन्न साक्षात्कार कार्यक्रममा आर्थिक संगै कृषि क्रन्तिको खाँचो रहेको बताउँदै नव नेपाल निर्माणका अध्यक्ष दुगडले घोषणापत्रको विश्वस नरहेको उल्लेख गर्दै आफूहरुले प्रतिबद्धतापत्र मार्फत जनातामा पुगेको स्पस्ट पारेका थिए ।

पोखराबाट समानुपातिक उम्मेद्वार युवा उद्यमी माइकल कर्माचार्यले ब्यवसाय मात्र नभै राष्ट्र र नेपालीको भविश्यमा चिन्ता लागेर यो माध्यमबाट संसदमा कुरा उठाउने विश्वास दिलाएका थिए । पोखराको विकासमा हर बखत आफू सामेल भएको स्मरण गर्दै शान्तिसंग बाच्न पाउने अधिकारलाई संरक्षणमा आफ्नो उम्मेदवारी रहेको खुलासा समेत गरे ।

कमेन्टहरु
Loading...