बागी उमेदवारीले कुनै असर नगर्ने पौडेलको दाबि

सागर राज तिमिल्सिना
पोखरा २३ कार्तिक । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले आन्तरिक घात प्रतिघातले पार्टीलाई कुनै असर दावी गरेका छन् । आफ्नो बिरुद्ध तनहु क्षेत्रनम्बर २ मा बागी उम्मेदवार भएपनि जनमत आफैप्रति रहेको र कसैको उक्साहटमा उमेदवारी आएको पौडेलको दाबि छ । चुनाबी सभामा सहभागि हुन कास्कीको भलाम पुगेका पौडेलले आज सञ्चारकर्मीसंगको कुराकानीमा भने ‘ बागीको पछाडि जनलहर छैन , अघिल्लो निर्बाचनमा भन्दा बढी मतले जित्नेछु ।’
चुनाबी तालमेल नभएपनि लोकतान्त्रीक शक्तिहरुको समझदारी अझैपनि हुन सक्ने उनले बताए ।

कार्यकर्ताको दवाबको कारण निर्बाचनमा कुनैपनि दल संगको समिकरण हुन नसकेपनि संबिधान लेखन प्रक्रियामा समझदारी कायम गरिने उनको दाबि छ । कार्यकर्ताको भाबना बिपरित कुनैपनि पार्टी अघि बढ्न नसकेकाले चुनाबी तालमेल हुन नसकेको उनले बताए । एक बर्ष भित्र संबिधान जारी गर्ने प्रतिबद्धता सहित आर्थिक संबृद्धिको एजेण्डा लिएर देशभर चुनाबी प्रचारमा लागेको र कांग्रेस प्रतिको जनलहर बढेको उनको जिकिर छ । आजै कास्की निर्बाचन क्षेत्रनम्बर २ ले आयोजना गरेको चुनाबी सभामा बोल्दै पौडेलले संबिधानको लागि कांग्रेसको बहुमत अनिबार्य भएको जिकिर गरेका छन् ।

बामपन्थीहरुको बहुमतको कारण अघिल्लो संबिधानसभा बिफल भएको दाबि गर्दै उनले कांग्रेसको नेतृत्व बिना केहि पनि सफल नहुने ठोकुवा गरे । ‘ यो मुलुकमा संघिय गणतन्त्रलाई संस्थागत गर्ने हो भने नेपाली कांग्रेसको बहुमत अत्यन्त जरुरी छ ’ उनले भने । जातियताको नाममा खुलेका राजनितिक दलले देशलाई बिखण्डनतिर लैजाने पौडेलको दाबि छ । संघिय समाजबादी र अखण्ड नेपाल पार्टीप्रति लक्षित गर्दै उनले नेपाली कांग्रेसको भोटलाई कटाउन खोलिएका पार्टीले राष्ट्रको हित नगर्ने बताए । कास्कीमा ठुला दलको मत प्रभाबित पार्न सक्ने दलका रुपमा रहेका दुई दललाई उनले बिखण्डनकारी दलको संज्ञा समेत दिएका छन् ।

कमेन्टहरु
Loading...