पोखरा । १० वर्षीय बालिकालाई यौन दुर्व्यबहार गर्ने पोखरा-७ प्रगतिटोल बस्ने ५२ वर्षीय टिका बहादुर दमैलाई प्रहरीले पक्राउ गरेको छ ।
भदौ २९ गते घरमा कोही नभएको मौका छोपी दिउँसो ३:३० बजे को आसपासमा करणी गर्ने आशय राखी यौन दुर्व्यबहार गरेको आरोपमा दमैलाई वडा प्रहरी कार्यलय बैदामको टोलीले भदौं २९ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिए ।
आरोपित दमै बिरुद्ध बाल यौन दुर्व्यवहार कसुर अन्तरगत कास्की जिल्ला अदालतबाट दिन ८ म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको डिएसपी हमालले बताए ।