डा.युवराज खतिवडा प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार नियुक्त

सरकारले पूर्व अर्थमन्त्री डा युवराज खतिवडालाई प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारको रुपमा नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी सल्लाहकार नियुक्त गरेको जानकारी दिए।

कमेन्टहरु
Loading...