कैलाश बचत तथा ऋण सहकारी दोस्रो साधारण सभा

पोखरा, २३ कात्तिक। कैलाश बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा कास्कीको दोस्रो बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका प्राचार्य नारायणप्रसाद अर्यालले सहकारीले उद्योग सञ्चालन गर्ने अभियानले कास्कीमा नै अनुकरणी कामको थालनी गरेको बताए । उलने छोटो समयमा नै सहकारीले अनुकरणीकाम गर्न थालेको बताउदै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।

पोखरा फोटोग्राफर संघका अध्यक्ष दुर्गाप्रसाद पौडेलले संस्थालाई मजवुद बनाउनका लागि सम्पूर्ण सेयर सदस्यहरुले संस्थाबाट नै कारोवार गर्न आग्रह गरे ।
कार्यक्रममा असलबचत कर्ता दुर्गासिंह थापा र इन्दिरा पौडेल तथा असल ऋणीमा चिन्तामणी पराजुली र रिताकुमारी पराजुलीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा कैलाश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नविनराज पौडेल, सचिव जिवन ढु·ाना, लेखा समिति संयोजक माधवप्रसाद मिश्र र कोषाध्यक्ष राममणी पौडेलले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाको शेयर पुँजी दुई करोड तिन लाख ४० हजार दुई सय, निक्षेप संकलन ९० लाख ९८ हजार पाँच सय ७६ र ऋण लागानी दुई करोड २२ लाख ८८ हजार पाँच सय ९५ रुपैया रहेको छ । फोटो ग्राफरहरु आवद्ध रहेको उक्त संस्थाले सदस्यहरुलाई सेवा र व्यवसायलाई टेवा पु¥याउने उद्देश्येल कैलाश फोटो फ्रेम तथा छपाई उद्योग सञ्चालन कार्यलाई तिव्र रुपमा अडाडि बढाएको छ ।

कार्यक्रममा सञ्चार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धनञ्जय पौडेल, कैलाश बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार मदनप्रसाद आचार्य, गौरी शंकर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रुद्रनाथ पौडेल, कोपिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ज्ञानबहादुर कार्की, नवसाथी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अर्जूृन पाण्डे, एपेक्स डेपलपमेण्ट बैकका व्यवस्थापक रामचन्द्र वस्यौला, कैलाश बचत तथा ऋण सहकारी संस्थाकी सदस्य नन्दकला पौडेलले बोलेका थिए । कैलाश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नविनराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा उपाध्यक्ष रमेश सापकोटाले स्वागत र सचिव जिवन ढु·ानाले कार्यक्रम सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...