अखण्ड क्षेत्रनम्बर १ को चुनावी प्रचार जारी

पोखरा, २२ कात्तिक/राष्ट्रिय अखण्डता र सामाजिक सद्भाव हिमाल, पहाड, तराई एक नेपाल सबै जाति जनजाति सबै धर्म मान्ने नेपालीहरुको स्वतन्त्रताका लागि स्थापित अखण्ड नेपाल पार्टीले कास्कीका ४ वटै क्षेत्रमा आफनो चुनावि अभियानलाई तिव्रता दिएको छ । चुनाव प्रचार प्रसारको क्रममा पाटीले आज क्षेत्र नम्बर १ अन्र्तगतको रुपाकोट गाबिसमा घरदैलो तथा कोणसभा सम्पन्न गरेको छ ।

घरदैलो पछिको कोण सभालाई सम्बोधन गर्दै अखण्ड नेपाल पार्टीका प्रत्यक्ष उम्मेद्धवार मिन बहादुर केसीले पहिलो संबिधान सभाको चुनाव पछि ठुला दल भनिएका दल र तिनका नेताहरुका कारण देशमा फुटको राजनीतिले जरा गाँडेको हुँदा ,सिंगो देश नेपाल खण्ड खण्ड हुने स्थीतीमा पुर्याएको जिकिर गदै देशको रक्षा र सुरक्षाको लागी अखण्ड नेपाल पार्टी को स्थापना गर्नु परेको बताउनुभयो । उँहाले अखण्ड नेपाल पार्टी सम्पूर्ण जातजाती समुदाय र धर्म मान्ने मानीसहरु बिच एकता कायम गर्ने पार्टी भएको ले यहा सम्पूर्ण नेपाली नागरीक अटाउने भन्दै पछिल्लो क्रममा पार्टी प्रति जनताहरुको झुकाव बढ्दै गएको बताउनुभयो ।

रपाकोट गाबिसको वडा नम्बर १ मा अबस्थीत मस्जित मा भएको कोणसभामा समानुपातिक उम्मेद्धवार रमेश बहादुर राजभाट ,केन्द्रिय सदस्य देवी रमण , क्षेत्र नम्बर १ का प्रचार प्रसार संयोजक मोती गीरी ,केन्द्रिय सदस्य खिम बहादुर शाही ,महिला मञ्चकी केन्द्रीय सदस्य गंगा केसी ,स्थानिय हाजी भलादिन मिया ,मौलाद्धिन मिया ,र कार्यक्रम संयोजक जाकिर मिया लगायतले आगामी सबिधान सभाको चुनावमा अखण्ड नेपाल पार्टीको ध्वजा चिन्हमा छाप लगाउन जनतालाई अनुरोध गरेका थिए । उक्त कोण सभामा पार्टीका नेता कार्यकर्ता र स्थानिय गरी सयौ को सहभागीता रहेको थियो ।

कमेन्टहरु
Loading...