जुवामा पनि दाउ हरायो ज्ञानेन्द्रको

काठमाडौं, २२ कात्तिक/तिहारमा जुवा खेल्ने चलन छ। यमपञ्चक सुरु भए लगत्तै पूर्व राजा ज्ञानेन्द्रको निर्मल निवासमा तिहारको रौनक सुरु भयो। ज्ञानेन्द्र पनि तिहारभरि प्रत्येक दिन जुवाको खालमा बसे। उनको दाउ सधै एउटै हुन्थ्यो– चौका। तर यसपाला उनलाई पोहोर परार झैं चौका दाउ फापेन। काग तिहारको डिनर जीवन कुञ्जमा थियो। स्वर्गीय धीरेन्द्र शाहका छोरी पूजा, सिताष्मा र दिलाशाले तिहारको विशेष कार्यक्रमको आयोजना गरेका थिए। ज्ञानेन्द्र र पत्नी कोमल पनि सरिक भएका थिए राजपरिबारका अन्य नातेदार पनि।

ganandraत्यहिँ दिनबाट पूर्व राजपरिवारमा तिहारको रमाइलोको सुरु भयो। कौडा जम्यो। जीवन कुञ्ज स्रोतका अनुसार सुरु देखि नै उनलाई दाउ लागेन।
जीवन कुञ्जको कौडामा सुरुमा ५ सय र पछि १ हजार रुपैयाँ बोट राखेर खेल भएको थियो। कात्तिक १८ गते गोवर्द्वन पूजाको दिन पूर्व युवराज्ञी हिमानीले निर्मल निवासभित्रको आफनो छुट्टै निवासमा कौडाको खाल राखेकि थिइन। संयोगले यो दिन तिथि अनुसार हिमानीको जन्मदिन पनि परेको थियो। पूजाआजा र खानपिनसँगै कौडा खेलेर हिमानीको जन्मदिन मनाइएको थियो। राजपरिबारका नातेदार र हिमानी ट्रष्टका केही सदस्यमात्र सहभागी थिए।

प्रमुख पाहुना स्वभाविक रुपले पूर्व राजारानी हुने नै भए। यहाँ पनि कौडा जमेको थियो। मध्यरातसम्म चलेको कौडामा राजा ज्ञानेन्द्रले यसअघिकै चौका दाउ नै लिएका थिए। जानकारहरुका अनुसार उनलाई फेरि चौका दाउ फापेन। १ हजार रुपैयाँ बोटमा उनले पचास हजार हारेका थिए। भाइटीकाको दिन बहिनी शोभा शाहीको हातबाट टीका लगाएर निर्मल निवास फर्केपछि ज्ञानेन्द्र शाहले आफनै निवासमा कौडा खेलेका थिए। सबै परिबारका सदस्यहरुको र नातेदारहरुको टीकाको कार्यक्रम सकिएपछि निर्मल निवासमा कौडाको खाल बसेको थियो। साथै खानपिनको व्यवस्था पनि राम्रै गरिएको थियो। त्यसका लागि राजा ज्ञानेन्द्रले सबैलाई उत्साहित पारेका थिए। त्यो दिन उनले पञ्जा दाउ लिए पनि नराम्ररी हारेका थिए।

विभिन्न समूह समूह बनाएर जुवा खेल्ने कार्यक्रम भएको थियो। पूर्व राजा ज्ञानेन्द्र निवासमा मध्यरातसम्म कौडा कार्यक्रम भएको थियो। राजा ज्ञानेन्द्रले चौका र पञ्जा दुबै दाउमा पैसा हारे पछि उनी बाहिर निस्कदै आराम कक्षमा बस्ने अनि आफना नाती नातिनासँग खेल्ने गर्दथे।
केहि मिनेट सुस्केरा लिएपछि फेरि कौडाको खालमा फर्कन्थे। कोमलले तिर्की, पूर्व युवराज्ञी हिमानीले पञ्जा र पूर्व अधिराजकुमारी प्रेरणाले छक्का दाउ लिएकी थिइन। तिहार सुरु हुनु दुई दिन अगाडी वुधबार पूर्व राजा ज्ञानेन्द्र र पूर्व रानी कोमलका साथ छोरी प्रेरणा ९ज्वाइ राजबहादुर सिंह० को निवास छाउनी पुगेका थिए। ज्वाई राजबहादुर सिंहको जन्म दिनको अवसर पारेर आयोजना गरेको कार्यक्रममा सहभागी भएका पूर्व राजा ज्ञानेन्द्र र पूर्व रानी कोमलले यहाँ पनि कौडा खेलेका थिए। परिणाम– उही हार ।  cp .

कमेन्टहरु
Loading...