लमजुङ । कोरोना भाइरस संक्रमणका बारेमा गलत प्रचार गर्ने ३ जनालाई लमजुङ प्रशासनले कारवाही गरेको छ ।
बेसीसहर नगरपालिका वडा नं. ७ का ४० वर्षीय पुरुष, ४५ वर्षीया महिला र वडा नं.११ का २९ वर्षीय पुरुषलाई आइतबार जिल्ला प्रशासन कार्यालयमा बोलाएर कारवाहीस्वरुप प्रतिव्यक्ति ५ सय रुपैयाँ जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिएका छन् ।
संक्रमण रोग ऐन, २०२० को दफा (२) विरुद्धको गतिविधि गरेको र उनीहरुलाई ६ महिनासम्म कैद सजाय हुने भए पनि पहिलो पटक भएकाले कारवाही स्वरुप उक्त जरिवाना गरेर छाडेको प्रमुख जिल्ला अधिकारी शर्माको भनाई छ ।
उनका अनुसार उनीहरुले सामाजिक सञ्जाल र कोरोना सक्र्रमित परिवारलाई भेटेर कोभिड–१९ का बारेमा गलत प्रचार गर्ने, कोरोना संक्रमित परिवारलाई अपहेलना गर्ने र समाजमा अनाश्यक भ्रम फैलाउने गरेकाले पहिलो पटक उनीहरुलाई कारवाही गरेका हो ।