सहि नीति र जनलहरले एमालेको जित निश्चितः अधिकारी

पोखरा २२ कार्तिक/नेकपा एमालेका नेता सोमनाथ अधिकारी प्यासीले एमाले को निति र यस प्रति बढेको जनलहरले अवको पहिलो र निकास दिन सक्ने पार्टी एमाले मात्र रहेको पुष्टि गरिसकेको वताएका छन् । शुक्रबार एमाले कास्कीकोट गाऊँ कमिटीको अयोजनामा भएको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो वताएका हुन् । उनले एमाओवादी तर्फ संकेत गर्दै विगतमा अनाहकमा लडेको अहिले महसुस गरेका र एमालेको जनताको बहुदलिय जनवादलाई एकाइसौं जनवादको जलप लगाएर कपि गर्नेहरुबाट परिवर्तन र संविधान लेखिनेमा जनता आसावादि हुन नसक्ने वताए ।

त्यस्तै उनले काँग्रेस तर्फ संकेत गर्दै विगतमा धेरैपटक टेष्ट भइसकेका र यथास्थितिमा रमाउनेहरु बाट समेत निकासको आसा जनताले लिएका होलन भनेर समेत कल्पना गर्न नसकीने उनको भनाई छ । समानुपातिक उमेद्वार समेत रहेका नेता प्यासीले कस्को लोकप्रियता कति र कस्को उमेद्वार कस्ता छन् भनेर कास्की जिल्लालाई मात्र हेरे पुग्ने धारणा राखे ।“एमालेले देशैभरिबाट कास्कीमा जस्तै लोकप्रिय उमेद्वार उठाएको छ । उनले भने,–“देशभरका जनता र जान्ने बुझ्ने सवैले भनेका छन् , एमालेले आफ्नो निति जस्तै लोकप्रिय र जनताका समस्या बुझ्ने उमेद्वार पनि उठाएकोले यसको जित सुनिश्चित छ ।

कास्कीको गुण्टेचौरमा आयोजित सो आमसभामा जनताको ब्यापक उपस्थिति देखेर हौसिएकी क्षेत्र नम्बर चारकी प्रत्यक्ष तर्फकी उमेद्वार सीता गिरीले विपक्षिहरुले अव हार स्विकारेको धारणा राखिन् ।उनले आँफु स्थानीय जनता संग सधै संगै रहेको र भोलि पनि संगै दुखःसुखमा साथ दिदै संविधान निर्माणमा लागिपर्ने प्रतिबद्धता ब्यक्त गरिन् । उनले अवको निर्वाचनमा सुर्य चिन्हका उमेद्वारले जित हाँसील गर्नेमा अव दुईमत नरहेको उल्लेख गरिन । कास्कीकोटका जनताले यसको संकेत आँफुलाई दिइसकेको उनको भनाई थियो ।

यस अघि कास्कीकोटको राउसे ओडार, पहरे पानी, ठुलिपोखरी मौला हुँदै उमेद्वार सहित पञ्चे बाजा र भिभिन्न झाँकी सहितको ¥याली सभा स्थल पुगेको थियो ।आमसभामा समानुपातिक तर्फका उमेद्वार मित्रकुमारी सुवेदी, जिल्ला कमिटी सदस्य बेदहरी सुवेदी लगाएतले संविधान निर्माण र विकास निर्माणका लागि सूर्यमा मतदान गर्नुको विकल्प नरहेको वताएका थिए । कार्यक्रममा वाइसिएल गाऊँ कमिटी अध्यक्ष राजु सुवेदी, क्षेत्रीय सदस्य सोमनाथ भट्टराई र नेपाली काँग्रेसमा सक्रिय कार्यकर्ता गोविन्द तिमिल्सिना लगाएत झण्डै एक सय जना एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई प्रमुख अतिथि प्यासी र उमेद्वारहरु गिरी र सुवेदीले टिका र माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।

कमेन्टहरु
Loading...