नेकाका उमेदवार अधिकारी घरदैलो गर्दै वडा नं.९ मा

पोखरा, २२ कात्तिक। नेपाली काँग्रेस कास्की क्षेत्र नं. ३ का उमेदवार घरदैलो गर्दै शुक्रबार पोखराको वडा नं.९ मा पुगेका छन् ।नेपाली काँग्रेस कास्की क्षेत्र नं.३ प्रचार प्रसार समितिले आयोजना गरेको घरदैलो कार्यक्रममा सहभागि भएका उमेदवार अधिकारीले वडा नं.९ मा रहेका सुकुमवासी वस्तीका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।घरदैलो कार्यक्रममा समानुपातिक उमेदवारद्धय वृन्दा राना मगर, सोनयना पालिखे, महासमिति सदस्य नरेश शंकरपालिखे, जिल्ला सदस्य विरेन्द्रनारायण विजुक्छे, क्षेत्र नं.३ का सभापति शोभाचन्द्र बराल, क्षेत्रिय सदस्य उमा ठकुरी, महिला नेत्री सारदा गिरि, नेवि संघ र तरुणदलका नेताहरुको सहभागिता रहेको थियो ।

घरदैलो कार्यक्रममा सहभागिहरुले उमेदवार अधिकारीलाई अत्याधिक मतले विजयी गराउनका लागि आग्रह गरेका थिए । घरदैलो कार्यक्रममा उमेदवार अधिकारीले संविधान सभाको निर्वाचनमा विजयी गराएमा आम नागरिकको हितमा रहेर नै काम गर्ने वताएका थिए ।

कमेन्टहरु
Loading...