कुमुदिनीले विविध कार्यक्रम गर्दै रजत महोत्सव मनाउदैँ

पोखरा, २५ मसिर/ कुमुदिनी होम्स उच्च माविले पुस २ गते विविध कार्यक्रम गरेर रजत महोत्सवको विधिवत् समापन गर्ने भएको छ । गतबर्ष पुस २ गते देखी रजत महोत्सव मनाउन थालेको कुमुदिनी होम्सले बर्षभरि विविध कार्यक्रम गरी रजत महोत्सव मनाएको हो । पुस २ गते औपचारिक रुपमा रजत महोत्सव बर्षको समापन कार्यक्रम गरी मनाउन लागेको सोमबार विद्यालयमा नै पत्रकार सम्मेलनको आयोजना गरी जनाईको छ ।

कुमुदिनी होम्स उमाविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोक पालिखेले रजत महोत्सव समापन कार्यक्रममा विद्यालयमा डेढ दशक भन्दा लामो समय अध्यापन गराएका ७ जना शिक्षकहरुलाई दिर्घ सेवा सम्मान गर्ने जानकारी दिए । जसमा सविता बज्राचार्य, ईश्वरमणि अधिकारी, मनबहादुर भुजेल, हरिवहादुर थापा रिता अधिकारी ढकाल, शारदा गौतम र डिल्लीराम बराल र कर्मचारी तर्फबाट गुनबहादुर थापा ‘कान्छा दाई’ रहेका छन् ।

पोखरामा रहेर सहित्यमा महत्वपुर्ण योगदान पु¥याएको पोखरेली युवा सास्कृतिँक परिवार, लोक सस्कृतिमा हिमाली साँस्कृतिक परिवार, कलातर्फबाट सृजनशिलकलाकार समूह, शिक्षातर्फबाट ढेवाजु परिवार र खेलकुदतर्फबाट सहारा क्लवलाई सम्मानित गर्ने भएको छ । रजत महोत्सव बर्षको अवसरमा प्रकाशित ‘कुमुदिनी स्मारिका’को लोकापर्ण साथै विद्यार्थीहरुलाई सम्मान कार्यक्रम रहेको छ । २०६८ सालको एस एलसीमा कुमुदिनी होम्स उमाविबाट सर्वाेत्कुष्ट नतिजा ल्याएका पुर्णवहादुर थापालाई कुमुदिनी विद्यापदक प्रदान गरिनेछ ।

कमेन्टहरु
Loading...