काठमाडौं । सिन्धुपाल्चोकका १ सहित काठमाडौंमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ४ जनाको ज्यान गएको छ । काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेका ४ जना कोरोना भाइरस संक्रमितको पछिल्लो २४ घण्टामा ज्यान गएको हो ।
यसरी ज्यान गुमाउनेमा सिन्धुपाल्चोकका ५९ वर्षीय सहित काठमाडौंका ५९, ६४ तथा ७० वर्षीय पुरुष रहेका छन् । निमोनियाबाट ग्रसित सिन्धुपाल्चोकका पुरुषको शनिबार राति साढे १२ बजे मृत्यु भएको हो ।
त्यस्तै काठमाडौंका ५९ वर्षीय पुरुषको शनिबार राति सवा ११ बजे मृत्यु भएको थियो । भदौ १९ गते अस्पताल भर्ना भएका उनलाई मधुमेहको समस्या समेत रहेको थियो ।
किड्नी फेल भएर डायलासिस गराउँदै आएरहेका काठमाडौंका ६४ वर्षीय पुरुषको आइतबार बिहान साढे २ बजे मृत्यु भएको हो ।
त्यस्तै काठमाडौंका अर्का ७० वर्षीय पुरुषको शनिबार ४ बजे मृत्यु भएको हो ।