सिन्धुपाल्चोकको बाह्रबिसेमा गएको पहिरोमा परेर ९ जनाले ज्यान गुमाए, २२ जना अझै बेपत्ता

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा गएको पहिरोमा परेर ९ जनाको ज्यान गएको छ भने २२ जना बेपत्ता रहेका छन् । नगरपालिकाको वडा नम्बर ७ का नेवार टोल, धुम्थाङको नागपुजे तथा भीरखर्कमा गएको पहिरोमा परेर ११ वटा घर क्षतिग्रस्त भएको छ । पहिरोमा ज्यान गुमाउनेमा ट्याक्सी शेर्पा, ज्ञानीमाया प्रधान, जुनु विक, भक्तिमाया श्रेष्ठ, सर्किनी नेवार, सन्देश विक, हिरामाया नेवार, धनलाल नेवार तथा सुकलाल विक रहेका छन् । मृत्तकहरु एकै परिवारका थिए वा थिएनन् भन्ने बारेमा अझै खुलेको छैन । पहिरोमा परेर बेपत्ता भएकाको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...