गन्थन डेस्क
नेपाली कांग्रेसका लडाकु नेता सिकन्दर गुरुङको मृत्यु भएको छ ।
हेपाइटाइटिसको उपचारार्थ गण्डकी मेडिकल कलेजमा भर्ना भएका गुरुङको दिउँसो मृत्यु भएको हो ।
‘भोजे दाई’को नामबाट समेत चिनिएका गुरुङ विशेश्वरप्रसाद कोइरालाको पालामा लडाकु कार्यकर्ताकोरुपमा चिनिएका थिए । यसअिध कास्की कांग्रेसको जिल्ला सदस्य रहेका गुरुङ पार्टीमा निष्ठावान कार्यकर्ताकारुपमा चिनिन्छन् । ०३६ र ०४६ को राजनीतिक आन्दोलनमा खटेका गुरुङ मण्डलेहरुको आक्रमणमा पनि परेका थिए ।
गुरुङ संघीय एवं प्रादेशिक निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं ३ ‘ख’बाट प्रदेश सभाका उम्मेदवार रहेका थिए । साविक भदौरे गाविसका गुरुङ हाल पोखरा ५ मा बस्दै आएका थिए ।
उनको सोमबार दाहसंस्कार गरिने एक आफन्तले जनाएका छन् ।