कन्दार ब्याण्डको गृह नगर पोखरामा १२ वर्षपछि पुनरागमन

पोखरा,२२कात्तिक। कन्दारा ब्याण्ड पोखराले करिब १२ वर्षपछि आÇनै गृह नगर पोखराबाट पुनरागमनको सुरुवात दीप साँझ–३ गरेको छ।
मौसमको प्रतिकूलतालाई समेत बेवास्ता गर्दै कात्तिक १६ गते कन्दराका हजारौं प्रशंसक झरीमा रुझ्दै भिज्दै करिब दुई घण्टासम्म सांगीतिक माहोलमा झुमेका थिए। परिवर्तन नेपालको आयोजनामा पोखरा–१६ दीपमा भएको सो दीप साँझ–३ मा आÇनो अन्त्यन्त लोकप्रिय तिमी पारि, लेककी हे माया, हङकङ पोखरा, तगारोमा रुमाल राखी, विदेशिएर गइन् उनी, चञ्चले कान्छी, जिन्दगी उत्सव हो, दिन विते, रात भिज्यो सिरानीलगायत एक दर्जन बढी गीतमाविवेक श्रेष्ठले दर्शकलाई छमछमी नचाएका थिए।

kandaraसाहित्यकार सरुभक्त श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा भाइ गुरुङले पनि पहिलो नजर, माया अन्धो हुन्छलगायतका आधा दर्जन बढी गीत प्रस्तुत गरेका थिए भने हिमाली साँस्कृतिक परिवारको तर्फबाट नृत्य प्रस्तुत गरेर थप रौनकता प्रदान गरेको थियो।उत्कृष्ट लय शब्दको चयन र संगीत संयोजनको लागि आÇनो विशिष्ट स्थान बनाएको कन्दरा ब्याण्डको रिक्ततालाई नेपाली र विशेषगरी पोखरेली दर्शकले निकै लामो समयदेखि महसुस गरेको पाइयो। कार्यक्रमको अत्यधिक सफलतापछि निक्कै हौसिएका यस ब्याण्डका सदस्यहरू निकट भविष्यमा राष्ट्रियस्तरको सांगीतिक प्रस्तुती र नयाँ एल्बमको तयारीका साथै अन्य गतिविधिमा लागिसकेका छन्।गत वर्षको दीप साँझ–२ मा लेकाली ब्याण्ड र सविन राईले प्रस्तुत गरेका थिए।

कमेन्टहरु
Loading...