क्याम्पस प्रमुखमा पुनर्रवाहालि गर्न घिमिरेको माग

पोखरा २१ कार्तिक/जनप्रिय बहुमुखि क्याम्पसका प्रमुख माधव घिमिरेले आँफुले क्याम्पस प्रमुखबाट राजीनामा नदिएको भन्दै पुन बहालीको माग गरेका छन् । उनले आँफुलाई डरधम्की देखाई जवरजस्ती राजीनामा पत्रका हस्ताक्षर गर्न लगाइएको भन्दै आँफुले राजीनामा नदिएको प्रष्टाएका छन् ।Madhab-Biyogi1२०७० साल कार्तिक ५ गते क्याम्पसकै कार्यमा आँफु व्यस्त रहेका बखत क्याम्पस संचालक समितिका पूर्व कार्यबाहक अध्यक्ष पर्शुराम बराल र मानव अधिकारवादी विष्णुप्रसाद बरालले आँफुलाई जवरजस्ती गरेर हस्ताक्षर गर्न लगाएर फसाएको उनको विज्ञप्ति मार्फत दावी गरेका छन । यसमा संलग्न लीलाधर बरालसमेत रहेको उनले उल्लेख गरेका छन् ।

आफ्नो साहित्यीक, प्राज्ञिक एवं सामाजिक जिवनलाई साघ¥याउने नियतले आँफुमाथि विभिन्न लाल्छना लगाइएको उनको ठहर छ । आफ्नै क्याम्पसमा कार्यरत एक महिला कर्मचारीसंग जोडेर बाहिर आएका कुरा सरासर गलत रहेको भन्दै उनले त्यसलाई पुष्टि गर्ने कुनै आधार भए देखाउन समेत चुनौति दिएका छन् । आँफु अहिले समेत घरमा आराम गरेर बसेको जनाउँदै उनले क्यम्पसमा जवरजस्ती गर्ने र अराजकता मच्याएर क्याम्सलाई धारासायी बनाउने खेल भएको उनको दावी छ । उनले विहीबार प्रकाशित गरेको प्रेस विज्ञप्तीमा लेखिएको छ । “पटक पटक पत्र लेखेको, एस.एम.एस गरेको,फोन गरेको र २०७० साल कार्तिक ५ गते अनुचित लाभ लिन खोजेको आरोप उजुरीपत्रमा उल्लेख छ ।

५ गते देखभेट र बोलचाल समेत नभएको अवस्थामा अनुचित लाभ लिन खोजेको भन्नु आफ्नै बेइज्जतिको पर्वाह नगर्नु हो । आफ्नो र अफिस बाट सुविधा पाएको दुवै मोवाइल कब्जामा लिएर अमर्यादित र निन्दनिय बयवहार आाफुमाथि गरेको र आँफुलाई हस्ताक्षेर गर्न बाध्य गराएको जनाएका उनले विज्ञप्तीको अन्त्यमा उल्लेख गरेका छन् ।“ मलाई लाग्छ उजुरी पत्रमा के लेखिएको छ उहाँ स्वयंलाई पनि थाहा छैन । यो केश आफ्नो हातमा नरहेको उहाँले भन्ने गर्नुभएको छ । मैले उहाँलाई लेखेको पत्र, एस.एम.एस र फोनकल डिटेल सार्वजनिक गर्न म उहाँसँग अनुरोध गर्दछु । २ जना मान्छेले गलत आरोप लगाई कुटपीट गरेर मार्ने धम्की दिई राजीनामा गराउने नयाँ रोग जनप्रिय क्याम्पसमा आएको छ । यसले क्याम्पसको सुध्रिएको अवस्थालाई पुनः धरासायी पार्ने स्पष्ट देखिन्छ ।

कमेन्टहरु
Loading...