दुई लिटर पानी डेढ लाखमा बिक्री

काठमाडौ, २२ कात्तिक/६ जनाको हत्या गरेका सिरियल किलर अभिषेक सिंहले नाटकीय शैलीमा धेरैलाई ठगी गरेको खुलेको छ । उनले आफ्नै प्रेमिकाको परिवारलाई औषधि भन्दै दुई लिटर पानी एकलाख ६० हजार रुपैयाँमा बिक्री गरेको प्रहरी अनुसन्धानबाट खुलेको आजको नयाँ पत्रिकामा खबर छ ।गम्भीर बिरामी भएर भारतको मेदान्त अस्पतालमा उपचार गराइरहँदा प्रेमिका सोनी राजभण्डारीका श्रीमानलाई निको हुने पानी भन्दै उनले दुई लिटर पानी एक लाख भारतीय रुपैयाँमा बिक्री गरेका थिए । आफूलाई तान्त्रिकका रुपमा प्रस्तुत गरी सिंहले अन्य सर्वसाधारणलाई पनि ठगी गरेको महानगरीय प्रहरी अपराध महाशाखाका डिएसपी उमाप्रसाद चतुर्वेदीले बताए ।केही बर्षअघि एक बिरामीलाई निको पारिदिने बहानामा पनि उनले लाखौं रुपैयाँ गठी गरेको छ ।

बिरामीलाई गलत औषधि दिई बेहोस बनाएर गरगहना लुटी उनी भागेको प्रहरीले जनाएको छ । पक्राउ परेको थाहा पाएपछि पीडितले उनलाई कारबाही गर्न माग गरेका छन् । आफ्नै प्रेमिका सोनी राजभण्डारीलाई उनले डेढ करोड रुपैयाँभन्दा बढी ठगी गरेका थिए । सोनी धनाढ्य महिला हुन । उनले सोनीसँग विभिन्न बाहानामा डेढ करोड लिन सफल भएका थिए । जग्गा खरिद गरेको नक्कली लालपुर्जा बनाएर पनि उनले ३५ लाख ठगी गरेको डिएसपी चतुर्वेदीले बताए ।

कमेन्टहरु
Loading...