काठमाडौं ।शनिवार राती काठमाडौंको सडकमा बिमान गुडेको देखेपछि सबै जना दंग परेर हेरिरहेका थिए ।
अचानक नेपालीको सेनाको बिमान सडकमा गुडेको देख्दा यात्रु देखी वरपरको मानिसहरु अचम्म मान्दै थिए ।
पूर्व राजा विरेन्द्र शाहले विसं २०३१ मा नेपाल ल्याइएको विमानलाई नारायणहिटी संग्राहलय लैजाने क्रममा गुडाइएको थियो ।
त्रिभुवन विमानस्थलमा थन्किएको नेपाली सेनाको एभ्रो विमान गुडाएरै नारायणहिटी संग्रहालय लगिएको छ ।
पाँच भागमा विभाजन गरेर खोलिएको ‘आउट अफ फेज’ भएको विमानलाई नारायणहिटी संग्राहलय पुर्याएपछि ‘एसेम्बल’ गरिनेछ ।
विमान गुडाएर तीनकुने, माइतीघर, भद्रकाली, शहीदगेट, जमल हुँदै नारायणहिटी दरवार संग्रहालय पुर्याइएको हो ।
सडकमै विमान गुडिरहेको देखेपछि यात्रा गरिरहेका तथा आसपासका क्षेत्रमा स्थानीयहरुले दंग मान्दै नियालेका थिए ।
यो विमान राजा वीरेन्द्रले आफ्ना भ्रमणहरुमा प्रयोग गर्ने गर्दथ्ये ।