बिरासत जोगाउने वा ईतिहास बनाउने अबसर र चुनौतिको बिचमा कास्कीका उम्मेदवार

गोकुल बानियाँ÷ पोखरा २१ कार्तिक । पुरानो साख जोगाउने र नया ईतिहास बनाउने अबसर तथा चुनौतिको बिचबाट कास्कीका दलहरुलाई मंसिर ४ को निर्बाचन आउदैछ । ४ निर्बाचन क्षेत्रमध्य अघिल्लो पटक ३ क्षेत्र जितेको एकिकृत माओबादी नया उम्मेदवारको साथ पुरानो बिरासत जोगाउने कसरतमा छ । अघिल्लो निर्बाचनमा एउटा क्षेत्रमा जितेको एमालेले जितको क्षेत्र बिस्तार गर्ने दाबि गरिरहदा ४ ओटै क्षेत्रमा तेस्रो नम्बरमा पुगेको कांग्रेस पहिलो हुने जिकिर गरेको छ । संबिधानसभा निर्बाचन २०६४ मा कास्कीको क्षेत्रनम्बर १ , २ र ४ जितेको एमाओबादीलाई जित दोहो¥याउन त्यति सहज छैन । पार्टी फुटको असर, जिल्लामा गिरेको साख र जातिय पार्टी चुनौतिको रुपमा उभिएका छन् ।

पहिलो संबिधानसभा निर्बाचनमा क्षेत्रनम्बर १ बाट हाल नेकपा–माओबादीमा रहेका देब गुरुङ एमालेका खगराज अधिकारीलाई पछि पार्दै १७ हजार ४ सय ९ मत सहित बिजयी भएका थिए । अधिकारीले १४ हजार ८ सय ८६ मत ल्याएका थिए । उतिबेलाको निर्बाचनमा ३ नम्बरमा आएका कांग्रेस कास्कीका उम्मेदवार यज्ञ बहादुर थापा पुन ः सोहि क्षेत्रबाटै उम्मेदवार बनेका छन् । उनले अघिल्लो निर्बाचनमा १४ हजार २ सय ९३ मत ल्याएका थिए । कांग्रेस कास्कीका सभापति समेत रहेका थापा संगै क्षेत्रनम्बर १ मा अहिले एमाले कास्कीका अध्यक्ष मान बहादुर जिसी र एकिकृत माओबादीका बिष्णु पौडेल प्रतिश्पर्धामा छन् ।

निर्बाचन क्षेत्रनम्बर २ मा संबिधानसभा निर्बाचन २०६४ मा एकिकृत माओबादीका राजकाजी गुरुङ अहिले पर्बतबाट उम्मेदवार बनेका छन् । उनी पहिलो संबिधानसभा निर्बाचनमा १४ हजार ८ सय ३२ मत ल्याएर निर्बाचित भएका थिए । गुरुङसंग ४ हजार ८९ मतले पराजित कांग्रेस नेतृ शारदा पौडेल अहिले सोहि क्षेत्रबाट चुनाबी मैदानमा होमिएकी छन् । एकिकृत माओबादीबाट यो पटक बखानसिंह तमु प्रतिश्पर्धामा छन् ।

क्षेत्रनम्बर ३ मा अघिल्लोपटक १३ हजार ३ सय ८६ मत सहित निर्बाचित एमाले नेता रबिन्द्र अधिकारी अहिले पनि पुरानै क्षेत्रबाट प्रतिश्पर्धामा उत्रेका छन् । उतिबेला एकिकृत माओबादीका झलकपाणाी तिवारी २४ सय ६० मतले पराजित भएका थिए । एकिकृत माओबादीको तर्फबाट यो क्षेत्रमा राम्जी बराल जिबन र कांग्रेसका सोभियत बहादुर अधिकारी प्रतिश्पर्धामा छन् । अधिकारीले जित दोहो¥याउने दाबि गरिरहदा एमाओबादी र कांग्रेसका नया उम्मेदवार भने यसअघि निर्बाचित भएकाहरु असफल भैसकेको दाबि गर्दैछन् ।

२०६४ को निर्बाचनमा क्षेत्रनम्बर ४ बाट जम्मा ४ सय ३८ मतले पराजित सिता गिरीलाई एमालेले पुन चुनाबी मैदानमा उतारेको छ । यसअघि उनि एकिकृत माओबादीकी दुर्गा बिक संग पराजित भएकी थिईन् । बिकले १४ हजार ८ सय ६६ मत ल्याउदा कांग्रेस १२ हजार ८ सय ९१ मत सहित तेस्रो स्थानमा पुगेको थियो । गिरी संगै यो क्षेत्रमा एकिकृत माओबादीका गुप्त बहादुर हमाल र कांग्रेसका महादेब गुरुङ प्रतिश्पर्धामा छन् ।

अघिल्लो निर्बाचन परिणाम अहिले नदोहोरिने आकलन भैरहदा नब गठित पार्टीले मत काट्न सक्ने संकेत प्रष्ट देखिएको छ । जनजातिको बाहुल्यता भएकाले संघिय समाजबादी र अखण्ड नेपाल पार्टीका उम्मेदवारले ठुला दलका उम्मेदवारको मात परिणममा असर पार्न सक्ने जानकारहरु बताउछन् । संघिय समाजबादीको तर्फबाट क्षेत्रनम्बर १ मा मन बहादुर गुरुङ, २ मा देबिराज तमु , ३ मा पान बहादुर घर्ति र ४ बाट गणेशमान गुरुङ प्रतिश्पर्धामा छन् ।

कमेन्टहरु
Loading...