जनताले मुलुकको जिम्मेवारी एमालेलाई दिदै छन् ः अधिकारी

पोखरा २१ कार्तिक/नेकपा एमालेका नेता सोमनाथ अधिकारी प्यासीले समग्र मुलुकको नेतृत्व गर्ने जिम्मेवारी अव नेपाली जनताले आफ्नो पार्टीलाई दिने वताएका छन् । देश ब्यापी देखिएको जनलहर र अग्रगामी एजेण्डाका साथमा एमालेको विगतको इतिहाँसलाई हेरेर संविधान निर्माण र विकास निर्माण दुवै काम एमालेले मात्र गर्नेमा जनता अव ढुक्क रहेको उनको भनाई थियो ।

नेकपा एमाले कास्की क्षेत्र नम्बर चार अन्तर्गत ढिकुर पोखरीमा भएको जनसभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । नेकपा एमाले निर्वाचन कमिटीका अध्यक्ष समेत रहेका समानुपातिक तर्फका उमेद्वार अधिकारीले ढिकुर पोखरी कास्कीमा कम्युनिष्ट आन्दोलनको उव्रर भूमि रहेको उल्लेख गरे । कार्यक्रममा एमाले क्षेत्र नम्बर चारका उमेद्वार सीता गिरी ओलीले जनताको उपस्थिति र साथले आँफुले निर्वाचन जित्ने र संविधान निर्माण विकास निर्माणलाई एकसाथ आगडी लैजाने वताईन । प्रत्यक गाउँ र टोलका समस्याका विषयमा आँफु जानकार रहेको भन्दै उनले सवै दिदि बहिनी र दाजुभाईका साझा समस्या संग जुध्न सूर्य चिन्ह्रमा मतदान गर्न उनको अग्रह थियो ।

कार्यक्रममा नेकपा एमालेका समानुपातिक तर्फका उमेद्वार मित्र कुमारी सुवेदी, बुद्धिजिवि एवं जनजाति नेता देउकाजी गुरुङ ,एमाले जिल्ला कमिटी सदस्य भूवनेश्वर सुवेदी लगाएतले सवैको अधिकार समेटीएको संविधान लेख्न र विकास निर्माणका लागि सूर्य चिन्हमा मतदान गर्न सो अवसरमा आग्रह गरेका थिए ।
नेकपा एमाले ढिकुरपोखरी गाऊँ कमिटीका अध्यक्ष चन्द्र बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जन कलाकारहरु तारापती सुवेदी, जिवन दाहाल, यम गुरुङ लगाएते विभिद् साँगेतिक प्रस्तुति मार्फत सूर्यमा मतदान गर्न आग्रह गरेका थिए ।

कमेन्टहरु
Loading...