तनहुँका १० तथा नवलपरासी (ब.सु.पू) का २१ जनालाई कोरोना पुष्टि

पोखरा । तनहुँका १० तथा नवलपरासी (ब.सु.पू) का थप २१ तथा जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा तनहुँको भानु नगरपालिकामा ५ जना सशस्त्र प्रहरी सहित १० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

त्यस्तै नगरपालिकाको वडा नम्बर १ का १ महिला तथा १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । यी बाहेक सोही नगरपालिकाका अन्य संक्रमितहरुमा वडा नम्बर ६ का २ पुरुष सहित १ महिला रहेकी छिन् ।

यता नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर ५, ८ र १६ का १/१ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै जिल्लाको विनयत्रिवेणी ३ का ६ जना पुरुष, ४ का ५ पुरुष सहित ६ महिला तथा वडा नम्बर ५ का १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ हजार ७ सय ९५ पुगेको छ ।

कमेन्टहरु
Loading...