लोकतान्त्रि संविधानका लागि काँग्रेसलाई भोटःअधिकारी

पोखरा, २१ कात्तिक। नेपाली काँगे्रस कास्की क्षेत्र नं.३ का उमेदवार सोभियतबहादुर अधिकारीले लोकतान्त्रि संविधान निर्माणका लागि काँग्रेसलाई भोट हाल्न आग्रह गरेका छन् । नेपाली काँग्रेस क्षेत्र नं.३ चुनाव प्रचार प्रसार समितिले बिहिबार पोखरा–८ मा आयोजना गरेको घरदैलो कार्यक्रममा बोल्दै उनले त्यस्तो बताएका हुन् । प्रजातान्त्रिक विचारमा मात्रै सवै जात जाति धर्म र संस्कृति अटाउछ उनले भने–यसका लागि पनि काँग्रसलाई भोट दिएर विजयी गराउन जरुरी छ ।

उनले २०४७ सालमा काँग्रसले संविधान बनाएको हुनाले अनुभवको कारणले पनि काँग्रेसले मात्रै संविधान बनाउन सक्ने ठोकुवा गरे । आफु सधै विकास प्रेमी भएको बताउदै उनले संविधान सभा निर्वाचनमा विजयी भएपछि पनि संविधान निर्माण सग विकासमा पनि सग सगै लाग्ने प्रतिवद्धता जनाए । उक्त अवसरमा पोखरा–८ को न्यूरोड, सभागृहचोक, सिर्जना चोक लगाएतका ठाउमा घरदैलो समेत गरिएको थियो । घरदैलो कार्यक्रममा समानुपातिक उमेदवार र कार्यकर्ताहरुको पनि सहभागिता रहेको थियो ।

घरदैलो कार्यक्रममा विकास प्रेमी, इमान्दार र राजनितिमा खारिएको व्यक्ति भएकाले पनि अधिकारीलाई भोट दिने विश्वास दिलाएका थिए । यसैवीच बिहिबार नै निर्मलपोखरीको फोक्सीङकोट कालिका मन्दिर तथा भ्यू टावर निर्माण समितिले उमेदवार अधिकारी सग भेटघाट कार्यक्रम गरेका थियो । उक्त अवसरमा बोल्दै उमेदवार अधिकारीले भ्यू टावर निर्माणमा काँग्रेसले पहिले देखि नै सहयोग गरेको बताउदै पुन सहयोगका लागि माथिल्लो निकाय सम्म आवज पु¥याउने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रममा डा.रामचन्द्र पोखरेल, नेपाली काँग्रेस निर्मलपोखरी गाँउ ईकाइ समतिका सभापति ध्रुव रायमाझी, स्थानिय भोजबहादुर विक, निर्मलपोखरीको फोक्सीङकोट कालिका मन्दिर तथा भ्यू टावर निर्माण समितिकी सदस्य देवी अधिकारीले विद्यार्थीकाल देखि नै राजनितिमा सक्रियभएर लागेका व्यक्ति क्षेत्र नं.३ मा उमेदवार पाएकोले पनि अधिकारीले विजयी वन्नेमा आफूहरु ढुक्क भएको बताएका थिए ।

कमेन्टहरु
Loading...