जनलहर देखेर विरोधीहरु त्रसित ः उम्मेदवार हमाल

पोखरा, २१ कात्तिक /निर्वाचन क्षेत्र न.४ को धम्पुस गाविस वडा न.९ मा बुधबार एकीकृत माओवादीको चुनावी सभा सम्पन्न भएको छ । धम्पुसको कोसेपानीमा भएको चुनावी कोणसभालाई उम्मेदवार गुप्तबहादुर हमाल सन्देशले सम्बोधन गर्नुभयो । कार्यक्रममा बोल्दै उम्मेदवार हमालले एमाओवादीको जनलहर देखेर विरोधीहरु त्रसित भएको बताउनुभयो । परिवर्तन नचाहने शक्तिले अनेत हतकण्डा अपनाएर एमाओवादीलाई हराउन लागिपरेपनि सबै षड्यन्त्रहरुलाई एमाओवादीले परास्त गर्ने उहाँको भनाई थियो । उम्मेदवार हमालले क्षेत्र न.४ को विकासमा आफु प्रतिबद्ध रहेको उल्लेख गर्दै अत्याधिक मतले विजयी गराउन आग्रह गर्नुभयो । कार्यक्रममा स्थानीय कोपिला युवा क्लवका सचिव अनिल विक, स्थानीय युवाहरु आशबहादुर विक, गमबहादुर विक र श्यामबहादुर विकले आम दलित तथा उत्पीडितहरुको पक्षमा उभिएको पार्टी एकीकृत माओवादी मात्रै भएकोले चुनाव जिताउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । एकीकृत माओवादीका गाउँ कमिटी अध्यक्ष देउकाजी गुरुङको अध्यक्षतामा सम्पन्न कोणसभाको सञ्चालन सचिव बैकुण्ठ भण्डारीले गर्नुभएको थियो । यसैवीच, कोसेपानीमा रवि विकको अध्यक्षतामा वाईसीएलको १७ सदस्यीय इकाई कमिटी गठन भएको छ ।

कमिटीको उपाध्यक्ष राम विक, सचिव रविन विक, कोषाध्यक्ष राजेन्द्र विक, सह–सचिव देव विक, सदस्यहरु कमल विक, मनोज विक, चन्द्र विक, आशिष विक, मिलन विक, चिजमान विक, राममान विक, अनिल विक, मेखबहादुर विक, मौसम विक, राजकुमार विक, सन्तोष विक, मनबहादुर विक र प्रकाश विक रहनुभएको छ । यसैबीच, उम्मेदवार हमालले विहीबार धिताल गाविसको अस्ताममा आयोजित कोणसभालाई पनि सम्बोधन गर्नुभएको छ । उम्मेदवार सहितको टोलीलाई अस्तामवासीले बाजागाँजाले स्वागत गरेका थिए ।

सभामा उम्मेदवार हमाल, एमाओवादीका धिताल गाउँ कमिटी अध्यक्ष राजेन्द्र गौतम, धिताल पोखरा सम्पर्क समाजका सचिव कृष्णप्रसाद अधिकारीले बोल्नुभएको थियो । कार्यक्रममा स्थानीय राजु परियार, शिवराज अधिकारी र सुनिल भुजेलले एकीकृत माओवादीलाई जिताउन सहयोग गर्ने बताएका थिए । एमाओवादीलाई गोलोभित्रको हसियाँ हथौडामा भोट हाल्न आग्रह गरिएको कलाकार रिम बस्यालको गीत र देवेन्द्र अधिकारीको गजलले जनसभामा उपस्थित अस्तामवासीलाई मनोरञ्जन प्रदान गरेको थियो ।

कमेन्टहरु
Loading...