एमाओवादी र काग्रेस सगँ सहकार्य नेता ढकाल

सागर राज तिमिल्सिना
पोखरा, २१ कात्तिक/नेपाल परिवार दलका अध्यक्ष एकनारायण ढकालले चुनावमा एकिकृत नेकपा माओवादी र काग्रेस सगँ सहकार्य गरेर चुनावमा लड्ने बताएका छन् । रिपोर्टस क्लब पोखराले आयोजना गरेको पत्रकार सम्मेलनमा ढकालले एमाओवादी र काग्रेस सगँ केहि क्षेत्रमा सहकार्य हुने बताए ।aaknaran dhakal

उनले कुन कुन क्षेत्रमा हुन्छ भन्ने पक्का पक्कि नभए पनि सहकार्यका लागी छलफल भैरहेको बताए । उनले संविधान सभाको चुनाव पछि परिवार दल चोथौ शक्ति बन्ने दावी समेत गरे । उनले उद्योगी व्यवसाहीहरुले ठुला दललाई मात्रै चन्दा दिएको बताउदै साना दलहरुलाई पनि चन्दा दिनु पर्ने बताएका थिए ।

उनले ठुला दलहरुले चुनावमा धेरै खर्च गरेको बताउदै साना दलले चन्दा नपाउदा खर्च गर्न नपाएको गुनासो गरे । उनले चुनावमा हार्ने भए पछि कति पय दलहरुले चुनाव हुदैन भन्दै हल्ला फिजाएको बताए । उनले चुनाव जुनसुकै हालतमा हुने बताउदै त्यस्ता दलहरुलाई जनताले लखेट्ने बताए ।

कमेन्टहरु
Loading...