हङकङमा संकलित ३ लाख खोरामुख पहिरो पीडितलाई हस्तान्तरण

पोखरा । हङकङस्थित मर्दिखोलावासीको संस्था मर्दीखोला सेवा समिति हङकङ तथा मर्दीखोला आमा समुह हङकङको नेतृत्वमा संकलित ३ लाख आज खोराको मुख पहिरो पीडितलाई हस्तान्तरण गरिएको छ ।

उक्त रकम मर्दीखोला सेवा समिति हङकङ, महिला विभागका कोषाध्यक्ष सृजना गुरुङ र सहकोषाध्यक्ष तुलसी गुरुङले मृतकका हजुरबुबा प्रेम राज विकलाई ७५ हजार तथा ३ जना छोराबुहारीलाई ७५/७५ हजार गरी कुल ३ लाख रुपैयाँ सहयोग गरेको हो ।

सहयोग रकम प्राप्त गरेपछि प्रेमराजले आफ्नो दुखको समयमा सहयोग पाएपछि खुसी व्यक्त गरेका छन् । यो रकम आफ्नो लागि घाउमा मल्हमपट्टी लगाएको जस्तै भएको उनको भनाई थियो ।

कोषाध्यक्ष सृजना गुरुङले सो रकम संकलन गर्न खट्ने मर्दीखोला सेवा समिति हङकङका अध्यक्ष रक्षा गुरुङ, सचिव रामजी पौडेल तथा कार्य समिति सदस्य, महिला विभागका अध्यक्ष राम कुमारी गुरुङ (मोती), उपाअध्यक्ष नानी कमला गुरुङ, सचिव लक्ष्मी गुरुङ, कार्यसमिति सदस्य तीर्थ गुरुङ लगायतले धन्यवाद व्यक्त गरेका थिए ।

माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८, खोरामुखमा गत साउन २ गते पहिरो गएको थियो । सो पहिरोमा प्रेमराज वि.कका ३ जना नातिनातीना कुमार विक (१६ वर्ष), समीर विक (१४ वर्ष) र रोजिना विक (१६ वर्ष) को ज्यान गएको थियो ।

कमेन्टहरु
Loading...