नेपालमा थप १ हजार ८१ लाई कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

पोखरा । नेपालमा पछिल्लो पटक थप १ हजार ८१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले नेपालमा थप १ हजार सय ८१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

योसंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४९ हजार २ सय १९ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा ११ हजार १ सय ६८ जनाको नमुना परीक्षण गरिएको थियो । साथै नेपालमा हाल १५ हजार २५ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै पछिल्लोपटक नेपालमा ९ सय १८ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोनामुक्त हुनेको कुल संख्या ३३ हजार ८ सय ८२ पुगेको छ ।
नेपालमा मनाङ, मुस्ताङ, होल्पा, हुम्ला, ताप्लेजुङ, सोलुखुम्बु तथा मुगु कोरोनामुक्त जिल्ला हुन् ।

त्यस्तै सुनसरी, सर्लाही, काठमाडौं, चितवन, भक्तपुर, ललितपुर तथा रुपन्देहीमा ५ सयभन्दा बढी सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् छन् । नेपालमा अहिले १ सय ६२ जना आइसियुमा तथा २२ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टाको अवधीमा ३ महिला तथा ३ पुरुष गरेर ६ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । यसरी ज्यान गुमाउनेमा कास्कीकी ७३ वर्षीय, काठमाडौंकी ८३ वर्षीय तथा बाँकेकी ८० वर्षीय महिला रहेकी छिन् ।

कोरोना भाइरस संक्रमणबाट पछिल्लो पटक ज्यान गुमाउनेमा काठमाडौंका ६७ वर्षीय, अर्घाखाँचीका ४२ वर्षीय तथा नवलपरासीका ६४ वर्षीय पुरुष रहेका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या हालसम्म ३ सय १२ पुगेको छ ।

कमेन्टहरु
Loading...