पोखरा २० कार्तिक/उमेद्वार सहितको घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई तिव्रता दिएको एमाले क्षेत्र नम्बर चारले बुधबार पुरञ्चौरमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । घरदैलो कार्यक्रममा क्षेत्र नम्बर चारका उमेद्वार सीता गिरी सहित एमालेका जिल्ला तथा क्षेत्रीय नेताहरु सहभागि रहेका थिए । उनीहरुले पुरञ्चौरका प्राय सवै वडामा घरदैलो सम्पन्न गरेका छन् ।त्यस्तै पुरञ्चौरको वडा नम्बर ४, ६ र ७ मा कोणसभा सम्पन्न भएका छन् । तीन वटै कोणसभालाई अलग अलग सम्बोधन गर्दै एमाले क्षेत्र नम्बर चारका उमेद्वार गिरीले संविधान लेख्ने कामको सुनिश्चितता र विकास निर्माण गर्दै मुलुकलाई अग्रगतिमा लैजान एमालेको चुनाव चिन्ह सुर्यमा मतदान गर्न आग्रह गरिन । प्रत्यक गाऊँ गाउँका र सहरका गल्ली गल्लीका समस्या समाधान गर्न सक्ने क्षमता एमालेले मात्र राख्ने उनको भनाई थियो । उनले क्षेत्र नम्बर चारका सम्पुर्ण जनताले संविधान लेखन र विकास निर्माणको काममा आँफुलाई खटाउनेमा अव कुनै दुईमत नरहेको समेत सो अवसरमा धारणा राखिन ।
उमेद्वार गिरी सहितको सो टोलीलाई स्थानीय जनताले भजन कृतन गर्दै र सुर्यमा मतदान गर्न आग्रह गर्दै घरदैलोमा स्वागत गरेका एमाले पुरञ्चौर गाऊँ कमिटी अध्यक्ष इमानराज पौडेलले जानकारी दिएका छन् । उनका अनुसार पुरञ्चौरको वडा नम्बर ७ बाट स्थानीयले भजन कृतन गाऊँदै र एमालेको पक्षमा नारावाजी गर्दै वडा नम्बर तीन काउरे सम्म प्रचारात्मक ¥यालीनै निकालेका थिए । टोलीमा नेकपा एमाले जिल्ला सचवालय सदस्य दामोदर वैरागी र एमाले कास्की क्षेत्र नम्बर चारका अध्यक्ष विष्णु केसी लगाएत स्थानीय नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
यस्तै क्षेत्र नम्बर चार अन्तरर्गत रहेका सवैजसो कमिटीले प्रचार प्रसारलाई तिव्रता दिएका नेकपा एमाले क्षेत्र नम्बर चारका कार्यालय सचिव हरी लम्सालले जानकारी दिएका छन् ।उनका उनका अनुसार गाऊँ कमिटी र टोल टोलमा एमालेका क्षेत्र नम्बर चार अन्तर्गतका सवै पचार प्रसारका लागि गठित कमिटीहरु एमालेका उमेद्वार गिरीलाई जिताउन स’र्यमा मतदान गर्न आग्रह गर्दै घरदैलो लगाएतका कार्यक्रममा आक्रामक रुपमा खटिएका छन् ।