क्षेत्र नं १ मा घरदैलो अभियान जारी

पोखरा, २० कात्तिक /नेकपा एमाले क्षेत्र नं १ मा एमालेले आफनो चुनावी अभियानलाई जारी राखेको छ । आज लेखनाथ क्षेत्रका विभिन्न वडाहरुमा स्थानिय एमाले नेताहरुको नेतृत्वमा घरदैलो अभियान चलिरहेको छ । यसैबिच समानुपातिक का उम्मेदवार खगराज अधिकारीको नेतृत्वमा आज लेखनाथ वडा नं ५ विजयपुरमा घरदैलो अभियान सम्पन्न भएको छ ।अभियानमा एमाले कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको एमाले सम्पर्क कार्यालय शिशुवाले जनाएको छ । यता एमाले प्रत्यक्ष उम्मेदवार मानबहादुर जि.सिको टोलीले बुधबार कास्कीको पार्चे गाविसको खिलाङमा घरदैलो कार्यक्रम संगै सिक्लेस मा चुनावी सभा सम्पन्न गरेको छ । सभामा बोल्दै उम्मेदवार जि.सिले मुलुकलाई निकास दिन संविधान निर्माणका लागि हुन लागेको मंसिर ४ को चुनावमा सबै नेपालीले सहभागीता जनाउन आबाश्यक रहेको धारणा राख्नुभयो ।

कमेन्टहरु
Loading...