केदारेश्वरमा अनुष्ठान

पोखराको बैदामस्थित केदारेश्वर महादेवमणि मन्दिरमा आज जनकल्याण तथा राष्ट्रकल्याणार्थ अष्टोत्तर तथा शनिमहाकाल मृत्युञ्जन यज्ञानुष्ठान भएको छ । मन्दिर परिसरमा १ सय ८ शिवलिङ्ग स्थापना गरेको अर्धवार्षिकीको अवसरमा आयोजित सो कार्यक्रममा भौतिक निर्माण कार्यक्रम पनि भएको मन्दिर ब्यवस्थापन समितिले जनाएको छ ।

भौतिक निर्माण तथा सरसफाई कार्यक्रममा पोखराको मालेपाटनस्थित सशस्त्र प्रहरी बल मालेपाटन कालिकागणले सहयोग पु¥याएको छ । गणपति एसपी शम्भु उप्रेतीको नेतृत्वमा १ सय जना सशस्त्र प्रहरी जवानहरुले मन्दिर परिसरमा भौतिक निर्माणका लागि जुटेका मन्दिरका पूजारी इन्द्र पौडेलले बताए ।

उता, यज्ञानुष्ठान कार्यक्रममा करीब सय जना भक्तजनहरु बिहानैदेखि सक्रिय रहेका छन । फेवातालको किनारमा अवस्थित केदारेश्वर मन्दिर र यसको परिसर पछिल्लो समय भक्तजन तथा पर्यटकहरुको लागि आकर्षणको केन्द्रसमेत बन्दै आएको छ ।

कमेन्टहरु
Loading...