वीपीलाई साँक्षी राखेर काँग्रेस कास्कीले राहत बाँड्ने

गन्थन डेस्क
पहिरोमा परी मृत्यु भएकाको परीवारलाई राहत वितरण गरी नेपाली काँग्रेस कास्कीले पार्टीका संस्थापक नेता स्व. विश्वेश्वरप्रसाद कोइरालाको १ सय सातौं जन्मजयन्ती मनाउने भएको छ ।
सोमबार कास्की काँग्रेसका पदाधिकारी, क्षेत्रीय सभापति र नगरसभापतिको संयुक्त बैठकले जन्मजयन्तीको अवसरमा बाढीपहिरोमा मृत्यु भएकाको परिवारलाई सहयोग गर्ने कार्यक्रम तय गरेको प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।
काँग्रेसले पोखरा –२६, पोखरा –१८ सराङकोट, पोखरा –२५ हेम्जा र माछापुच्छ«े गाउँपालिकामा पहिरोमा परी मृत्यु भएकाको परिवारलाई नगद वितरण गर्ने भएको हो । सबैलाई गरी करीब एकलाख रुपैयाँ वितरण गर्ने जनाईको छ ।
आगामी २४ गते बुधबारका दिन पार्टीका नेताहरु पीडित परिवारमा पुगेर सहयोग हस्तान्तरण गर्ने कास्की काँग्रेसले जनाएको छ । सोमबारको बैठकले काँग्रेस कास्कीको स्वामित्वमा रहेको जय नेपाल मिनी मार्केटमा व्यवसाय संचालन गर्दै आएका व्यवसायीलाई घर भाडामा छूट दिने समेत निर्णय गरेको छ ।
आर्थिक संकटका बेला व्यवसायीलाई राहत पुगोस् भन्ने उद्देश्यले मार्केटभित्रका १४ वटा सटर धनीलाई वैशाख र जेठ महिनाकको भाडा छुट दिने निर्णय गरेको हो । त्यस्तै विपी जयन्तीका दिन पोखराको चिप्लेढुङ्गामा रहेको विपीको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम पनि रहेको कास्की काँग्रेसका सभापति कृष्ण केसी जानकारी दिए ।
कमेन्टहरु
Loading...