नेवि संघले विपी जयन्ती मनाउने

काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ नेवि संघले पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १ सय ७ औं जन्मजयन्ती मनाउने भएको छ ।

नेवि संघका अध्यक्ष राजीव ढुंगानाले आज विज्ञप्ति जारी गरी जननायक विपी कोइरालाको १ सय ७ औं जन्मजयन्ती भदौ २४ गते देशभर मनाउन नेवि संघ जिल्ला समितिलाई निर्देशन दिएका हुन् । नेवि संघले विपी जन्मजयन्तीका अवसरमा विभिन्न प्रविधिका माध्यमबाट कोइरालाको योगदान तथा व्यक्तित्व सम्बन्धमा गोष्ठी, छलफल गर्ने, वृक्षरोपण, रक्तदान, वृद्ध र बिरामीलाई फलफूल वितरण गरी मनाउन सबै जिल्ला समितिलाई परिपत्र गरेको छ ।

यस्तै नेविसंघले अविरल वर्षासँगै गएको बाढी, पहिरोका कारण विस्थापित भएका तथा लामो समयको बन्दाबन्दी र निषेधाज्ञाका कारण दैनिक जीवनयापन कष्टकर भएकालाई राहत तथा विभिन्न सहयोग गर्न आह्वानसमेत गरेको छ ।

अध्यक्ष ढुंगानाले सामाजिक दूरी कायम राखेर विपी जयन्ती मनाउन सबै जिल्ला समितिलाई आग्रहसमेत गरेका छन् । रासस

कमेन्टहरु
Loading...