नेपाल सम्बत्लाई पोखरामा स्वागत फोटो फिचर सहित

सागर राज तिमिल्सिना
पोखरा, १८ कार्तिक/पोखरामा रहेको नेवार समुदायले नेपाल सम्बत्को ११३४ भब्यताका साथ मनाइरहेका छन् । प्रभात फेरी, रक्तदान, र मोटर साइकल र्याली गरेर नेपाल सम्वतको स्वागत कार्यक्रम गरी नेवाः खल कास्कीले मनाएको छ । पोखराको रानीपैवा तायमचाबाट शुरु भएको ¥याली पोखरा बजार परिक्रमा गरि रामकृष्ण टोलमा पुगेर समापन भएको थियो ।

¥यालीमा नेवारी समुदायका ४५ भन्दा बढी संघ संस्थाहरुको सहभागी थिए । कायक्रममा नेवारी समुदायको पहिरनमा युवा युवती देखि वृद्धहरु विभिन्न सास्कृतीक झाकीका साथ ¥यालीमा सहभागी भएका थिए ।

र्यालीमा मान्यजनबाट आर्शिवाद लिदै टिका, फुल लिएका थिए । शंखधर साख्वाले शुरुवात गरेको नेपाल सम्बत सरकारले प्रचलनमा ल्याउन लागेकोमा स्वागत गर्दै यसको कार्यान्वयन छिटो गर्नु पर्ने नेवारी समुदायको माग छ । सरकारी स्तरबाटै सम्पुर्ण क्रियाकलापमा नेपाल सम्बत्को प्रचलन ल्याउन सके नेपाल सम्बतको र शंखधर साख्वाको आदर हुने उनीहरुको भनाई छ ।

तस्वीरः सागर राज तिमिल्सिना र सुर्दशन रन्जीतnepal sambat (4) nepal sambatnepal sambat (2) nepal sambat (3)

कमेन्टहरु
Loading...