काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग व्यवसायलाई समस्यामा फस्न नदिने बताएका छन् । आइतबार निजी क्षेत्रका प्रतिनिधिहरुलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले निजी क्षेत्रका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका हुन् ।
अर्थमन्त्रालयको जिम्मेवारीसमेत आफैंले राखेपछि प्रधानमन्त्री ओलीले आइतबार निजी क्षेत्रसँग छलफल गरेका हुन् । छलफलमा निवर्तमान अर्थमन्त्री डा
युवराज खतिवडा, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डापुष्पराज कँडेलका साथै अन्य मन्त्रीहरुको पनि उपस्थिति थियो ।
छलफलमा निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी, नेपाल उद्योग परिसंघका पदाधिकारी र नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीहरु सहभागी थिए ।
महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्र ढकाल, परिसंघका अध्यक्ष सतिश मोर, निवर्तमान अध्यक्ष हरिभक्त शर्मा, चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ललगायतका उद्योगी व्यवसायीहरु बालुवाटारको सहभागी बैठकमा सहभागी थिए ।
प्रधानमन्त्री ओलीले सरकारको ध्यान कर असुलीमा मात्रै होइन, निजी क्षेत्रको विकासका लागि पनि केन्द्रित रहेको उद्योगी व्यवसायीहरुलाई बताए । अहिले सरकारको मुख्य ध्यान नागरिकको जीवन बचाउन केन्द्रित भएको प्रधानमन्त्रीले उद्योगी व्यवसायीहरुलाई बताए ।
छलफलमा निजी क्षेत्रका अगुवाहरुले बन्दाबन्दी नै सधैं समाधान नभएको भन्दै मापदण्ड बनाएर बन्दाबन्दी खोल्नुपर्ने माग राखेका थिए ।