नेकपा– माओबादीको लमजुङ्गमा बहिस्कार सभा

लमजुङ्ग, १७ कात्तिक/र्निबाचन बहिस्कारमा रहेको नेकपा– माओबदीले लमजुङ्गको करापुटारमा बहिस्कार सभा गरेको छ । बहिस्कार सभामा नेकपा– माओबादीका केन्द्रीय सदस्य बुद्धिरामा तमुले जनताको बहिस्कारको अधिकारलाई कुण्ठीत गरे जनता बिद्रोहमा उत्रने दाबि गरे । बर्तमान र्निबाचन जनताको लागि धोका भएकोले जनतालाई चुनावको नारा दिएर भुलाउन खोजिएको उनको भनाई थियो ।र्निबाचनमा मत खसालेर देश बेच्ने आधिकारीक लाईसन्स नबनाउन गुरुङ्गले जनातलाई आग्रह गरे । यस अघि भएका बचा बद्धताको स्पष्ट रुपमा जनताको बिचमा अहिलेका नेताले भन्न नसकेकोले अर्को चुनाब पनि त्यसैको निरन्तरता हो – उनले भने । कार्यक्रममा जनस्वयंसेबक लमजुङ्गका अध्यक्ष जनक महताराले जनताको शशक्त बहिस्कारको अधिकार नखोस्न चेतावनी दिए ।

शान्तिपुर्ण रुपमा जनताको घरदैलोमा र्निबाचनको औचित्यको बारेमा बताउने भन्दै उनले नजताबाट टाढा राख्न खोजे माओबादीलाई मान्य नहुने बताए । कार्यक्रममा दजनौ युवाहरु नेकपा – माओबादीमा प्रबेश गरेका छन । नब प्रबेशीलाई अध्यक्ष महताराले अबिर लगाएर स्वागत गरेका थिए । पछिल्लो समयमा लमजुङ्गका बिभिन्न ठाऊहरुमा माओबादीले बहिस्कार सभा गदै आएको छ ।

कमेन्टहरु
Loading...