२० लाखको कारोबार गर्दै सकियो पुष्प ब्यापार मेला

गोकुल बानिया
पोखरा १७ कार्तिक । पोखरामा आयोजित दोस्रो क्षेत्रिय गोदावरी प्रदर्शनी एबं पुष्प ब्यापार मेला २० लाखको कारोबार गर्दै सकिएको छ । ४ दिने मेलामा २० लाख बराबरको फुलको कारोबार भएको र करिब १५ हजार दर्शक भित्रिएको आयोजक फ्लोरिकल्चर एसोसिएसन कास्कीले जनाएको छ । तिहारको अबसरमा आयोजित मेलामा १५ रुपैया देखि एक लाख ५० हजार सम्ममा फुलका बिरुवा बिक्रि एबं प्रदर्शनीमा राखिएको थियो ।puspa mela pokhara (13)

तिहारको लागि आबश्यक फुल किन्नेहरुको लागि मेलाले सहज बनाईदिएको आयोजकको दाबि छ । स्थानिय स्तरमा उत्पादन बढेपछि यसपालि पोखरामा बिदेशी फुलको आयत घटेको छ । कास्कीमा ब्यबशायीक फुल खेतिगर्नेको संख्या बढेपछि छिमेकी देश भारतबाट हुने फुलको आयतमा कमी आएको हो । गत बर्ष तिहारको लागि करिब २ लाख ५० हजार भारतिय माला भित्रिएको पोखरामा यस बर्ष ५० हजार मात्र माला भित्रिने फ्लोरिकल्चर एसोसिएसन कास्कीले जनाएको छ ।

फुलको उत्पादनमा नेपाल क्रमश आत्मनिर्भर बन्दै गएकाले अबको दुई बर्षमा बिदेशी फुल आयत पूर्ण रुपमा बन्द हुने एसोसिएसन कास्कीका अध्यक्ष दया कुमार द्धावाले बताए । पोखरामा अघिल्लो बर्षको तुलनामा यस बर्षको तिहारमा भारतिय फुलको आयात ७५ प्रतिशत घटेको छ । २५ वटा ब्यबशायीक नर्सरी रहेको पोखरामा २७ रोपनी क्षेत्रफलमा फुल खेति हुदै आएको छ ।

तिहारको लागि अत्याबश्यक मखमली फुल भक्तपुरमा उत्पादन हुने गर्छ । त्यसको साथै चितवन, हेटौडा, धादिङ लगायतका जिल्लाहरुमा पनि थोरै मात्रामा फुलको ब्यबशायीक खेति गरिएको छ । यस बर्ष नर्सरी बाहेक कास्कीको लेखनाथको साथै पोखराका बिभिन्न स्थानमा अन्य कृषकहरुले तिहारको फुल उत्पादन गरेका छन् । पोखराको उत्पादनले यहाको स्थानिय मागको ५० प्रतिशत हिस्सा ओगटेको छ । अघिल्लो बर्ष सम्म यहाको उत्पादनले स्थानिय मागको २५ प्रतिशत मात्र हिस्सा ओगटेको थियो । puspa mela pokhara
तिहारको बेला अत्याधिक फुलको ब्यापार हुने भएपनि यसलाई ब्यबस्थित बनाउन नसक्दा उपभोक्ताले महंगो मुल्यमा खरिद गर्नुपरेको गुनासो गरेका छन् । बिदेशी फुलको आयात यस बर्ष घटेपनि मुल्य भने बढेको छ । यस बर्ष एउटा मालामा ५० प्रतिशतले मुल्य बढेको ब्यबशायीले बताएका छन् । मध्य तिहारमा शहर बजारका विभिन्न चोक चोकमा पनि मखमली र सयपत्री फूलको माला विक्रि गर्नेको भिड लागेको छ ।
यसरी चोक चोकमा माला विक्रि गर्ने व्यापारीहरूले प्रति माला ३ सय रूपैयाँ सम्म लिने गरेका छन् जुन मुल्य फुलबारी नर्सरीमा पाईने मुल्य भन्दा दुइ गुणा बढी हो । तिहारमा पोखरामा एक लाख माला खपत हुने अनुमान छ ।

कमेन्टहरु
Loading...