काठमाडौं । मोरङका थप १ जना पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । विराटनगरमा रहेको कोशी कोभिड १९ उपचार केन्द्रमा उपचारका क्रममा ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । जिल्लाको धनपालथान गाउँपालिका ३ का उनको कोरोना भाइरस संक्रमणबाट आज दिउँसो मृत्यु भएको बताइएको छ ।
