कोरोना संक्रमणबाट विश्वमा ८ लाख ७३ हजार भन्दा बढीको मृत्यु

एजेन्सी । विश्वभरी कोरोना भाइरस संक्रमणबाट ८ लाख ७३ हजार २ सय ८५ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ । सो संगठनका अनुसार विश्वमा २ करोड ६४ लाख ७५ हजार ५ सय ६८ जना कोरोना भाइरस संक्रमित भएका छन् ।

यद्यपी विश्वमा कोरोना भाइरस संक्रमित १ करोड ८६ लाख ६५ हजार ७ सय ३७ व्यक्ति कोरोना मुक्त भएका छन् । हाल विश्वमा ६९ लाख ३६ हजार ५ सय ४६ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । संक्रमितमध्ये ६० हजार ७ सय ८५ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।  कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्यांक यी रहेका छन् ।

अमेरिकामा ६३ लाख ३५ हजार २ सय ४४ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यहाँ ३५ लाख ७५ हजार ९६ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ९१ हजार ५८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । ब्राजिलमा ४० लाख ४६ हजार १ सय ५० जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ ३२ लाख ४७ हजार ६ सय १० कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख २४ हजार ७ सय २९ को मृत्यु भएको छ ।

भारतमा ३९ लाख ३६ हजार ७ सय ४७ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ ३० लाख ३७ हजार १ सय ५१ कोरोना भाइरस मुक्त भएका छन् भने ६८ हजार ५ सय ६९ जनाको मृत्यु भएको छ ।

रुसमा १० लाख ९ हजार ९ सय ९५ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ ८ लाख २६ हजार ९ सय ३५ कोरोना भाइरस मुक्त भएका छन् भने १७ हजार ५ सय २८ जनाको मृत्यु भएको छ ।

पेरुमा ६ लाख ७० हजार १ सय ४५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ ८ लाख ८९ हजार ८ सय ८६ जना कोरोना भाइरस मुक्त भएका छन् भने २९ हजार ४ सय ५ जनाको मृत्यु भएको छ ।

कोलम्बिया ६ लाख ४१ हजार ५ सय ७४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ ८ लाख ८९ हजार १ सय ५१ कोरोना भाइरस मुक्त भएका छन् भने २० हजार ६ सय १८ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकामा ६ लाख ३३ हजार १५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ ५ लाख ५४ हजार ८ सय ८७ कोरोना भाइरस मुक्त भएका छन् भने १४ हजार ५ सय ६३ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ६ लाख १६ हजार ८ सय ९४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ ४ लाख ३० हजार २ सय ८७ कोरोना भाइरस मुक्त भएका छन् भने ६६ हजार ३ सय २९ जनाको मृत्यु भएको छ ।

स्पेनमा ४ लाख ८८ हजार ५ सय १३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २९ हजार २ सय ३४ जनाको मृत्यु भएको छ । अर्जेन्टिना ४ लाख ५१ हजार १ सय ९८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ ३ लाख २२ हजार ४ सय ६१ कोरोना भाइरस मुक्त भएका छन् भने ९ हजार ३ सय ६१ जनाको मृत्यु भएको छ । रासस

कमेन्टहरु
Loading...