बाग्लुङ बाढी अपडेटः बाढीमा हराएका ३८ मध्ये १३ को शव भेटियो, निरीक्षणका लागि गृहमन्त्री थापा घटनास्थलमा

पोखरा । बाग्लुङको ढोरपाटन सुकुर्दुङस्थित भुजी खोलामा आएका बाढीमा हराएका ३८ जनामध्ये १३ जनाको शव भेटिएको छ । गन्थन सहकर्मी कमल सुवेदीका अनुसार अन्यको खोजी कार्य भइरहेको छ । बाढीले उक्त स्थानका ७० घर पूर्ण रुपमा क्षतिग्रस्त भएको घटनास्थलबाट सुवेदीले जानकारी दिएका छन् ।

घटनास्थल निरीक्षणका लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहितको टोली अहिले त्यहाँ पुगेका छ । यता बाढीले क्षतिग्रस्त बनाएको घरलाई जिल्लाको ढोरपाटन नगरपालिकाले निशुल्क निर्माण गरिदिने भएको छ ।

कमेन्टहरु
Loading...