ललितपुरमा आज राति १० बजेसम्मका लागि कफ्र्यु जारी

काठमाडौं । ललितपुरमा आज बिहान ४ बजेबाट कफ्र्यु जारी भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले बुल्खु पुलदेखि मनोहरा पुलसममको चक्रपथ क्षेत्रमा राति १० बजेसम्मका लागि कफ्र्यु जारी गरेको हो ।

कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि घोषणा गरिएको निषेधाज्ञालाई तोडेर हिजो बिहीबार पाटनमा मच्छिन्द्रनाथको रथ निकालिएको थियो । रथ तान्ने विषयलाई लिएर पाटन क्षेत्र हिजो केही बेरका लागि तनावग्रस्त बनेको थियो ।

कुनै अनुमति बिना नै स्थानीय युवाले रथ तान्ने प्रयास गरेपछि स्थानीय प्रशासनले रोक्न खोज्दा केही बेर झडप भएको थियो । झडपमा स्थानीय केही युवालाई ट्राफिक प्रहरीलाई आक्रमण गरेका थिए ।

कमेन्टहरु
Loading...