पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको निधन भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानद्धारा जारी विज्ञप्ती अनुसार पोखरा वडा नं ६ बस्ने ३७ वर्षीय पुरुषको कोभिड-१९ उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो ।
बिहाबार बिहान ५:२० बजे संक्रामक तथा सरुवा रोग अस्पतालबाट रिफर भै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड-१९ उपचार केन्द्रमा उपचाररत उनको साँझ ५:५० बजे निधन भएको हो ।
स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु हुने उनी ८ औं संक्रमित हुन् ।