मनाङले दोस्रो पटक उचाल्यो सफल कपको उपाधि

थ्रिस्टार २–१ ले पराजित

उत्कृष्ठहरु :
खेलाडी – दिपक राई (मनाङ) , प्रशिक्षक – हेमन्त आले (मनाङ) , गोलकिपर – बिशाल श्रेष्ठ     (मनाङ) , मिडफिल्डर– शिब श्रेष्ठ (मनाङ) , डिफेन्डर– सञ्जिब राई (थ्रिस्टार) , फरवार्ड– भिक्टोर (हङकङ)
गोकुल बानियाँ
पोखरा १५ कार्तिक ।  अघिल्लो बर्षको जित दोहो¥याउदै डिफेण्डिङ च्याम्पियन मनाङमस्र्याङदी क्लब तेस्रो सफल पोखरा कपको च्याम्पियन बनेको छ । पोखरा रंगशालामा आज भएको फाईनलमा चिरप्रतिद्धन्दी थ्रिस्टार क्लबलाई २–१ ले पन्छाउदै मनाङले दोस्रो पटक उपाधि चुमेको हो ।


बिजेता मनाङले नगद ३ लाख ५५ हजार प्राप्त गरेको छ । थ्रिस्टार उपबिजेतामा सिमित हुदै २ लाख १ हजार मै चित्त बुझाउन बाध्य भयो । उपाधि भिडन्तमा थ्रिस्टारलाई पन्छाउन मनाङले अतिरिक्त समयको सहारा लिनुप¥यो ।

manang
निर्धारित समय एक ÷एक गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । ३७ औं मिनेटमा सन्तोष सहुखलको कर्नर बल सेकेण्ड बारमा ठोक्किदै जालि चुमेपछि थ्रिस्टारले लिएको अग्रता १० मिनेटपनि टिक्न सकेन । ४५ औं मिनेटमा बिक्रम लामाले डि एरियामा फल गरेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै सुजल श्रेष्ठले खेल बराबरीमा पु¥याएका थिए ।

dipak rai manang
दोस्रो हाफमा गोल गर्ने दुबैतर्फको प्रयास असफल भयो । ७३ औं मिनेटमा सबिन्द्र श्रेष्ठ रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि थ्रिस्टार १० खेलाडिमा सिमित भएको थियो । ५० औं मिनेटमा थ्रिस्टारका डोडोजले वान भर्सेज वान बल गोलमा परिणत गर्न सकेनन् । मनाङका अनिल गुरुङ ६८ औं मिनेटमा वान भर्सेज वान बल गोल गर्न चुक्दा खेल अतिरिक्त समयमा धकेलिन पुगेको थियो । अतिरिक्त २० मिनेट समयको ११ औं मिनेटमा मनाङको तर्फबाट बिशाल राईले निर्णायक गोल गरे । उनि रुपेश केसीको स्थानमा ५५ औं मिनेटमा मैदान छिरेका थिए ।
मनाङलाई पोखरामा सर्बाधिक सफल टिम मानिन्छ । उसले दोस्रो सफल कपमा मछिन्द्रमाथि १–० को जित निकाल्दै उपाधि चुमेको थियो । यो जित संगै मनाङले यो सिजनमा उपाधि माथि ह्याट्रिक गरेको छ । मनाङले भुटानमा सम्पन्न किंस कपको साथै ५ महिना अघि काठमाण्डौमा गोर्खाकपको उपाधि उचालेको थियो ।

3 star
प्रतियोगिताको उत्कृष्ठ खेलाडि घोषित हुदै मनाङका दिपक राईले हिरोहण्डा मोटरसाईकल  प्राप्त गरेको छन् । प्रतियोगितामा मनाङका हेमन्त आले उत्कृष्ठ प्रशिक्षक , मनाङका बिशाल श्रेष्ठ उत्कृष्ट गोलकिपर , मनाङकै शिब श्रेष्ठ उत्कृष्ठ मिडफिल्डर, थ्रिस्टारका सञ्जिब राई उत्कृष्ठ डिफेन्डर र नेपलिज फुटबल एसोसिएसन हङकङका भिक्टोर उत्कष्ठ फरवार्ड घोषित हुदै जनही १५ हजार प्राप्त गरे ।
बिजेता टिम तथा खेलाडिहरुलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापा,ले पुरस्कार प्रदान गरेका थिए । कास्की जिल्ला फुटबल संघको आयोजनामा कार्तिक ५ गतेदेखि सञ्चालित प्रतियोगितामा आयोजक सहित नेपालका ९ र बिदेशी तीन गरी १२ टिमले सहभागिता जनाएका थिए । प्रतियोगितालाई लक्ष्मी ग्रुपको सुजल डेरी अन्तर्गत सफल दुधले मुख्य प्रयोजन गर्दै आएको छ ।
फोटो– शुदर्शन रञ्जित

कमेन्टहरु
Loading...