पोखरा । गण्डकी प्रदेशका प्रदेशसभा सदस्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका प्रदेशसभा सदस्य मोहनप्रसाद रेग्मीलाई आज बिहान कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । रेग्मीलाई कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको निर्देशनालयले जानकारी दिएको छ ।
रेग्मीले आफूलाई कुनै लक्षण नदेखिएको बताउँदै होम आइसोलेसनमा नै बस्ने गन्थनलाई बताए । ‘म एकदम ठीक छु, लक्षण केही देखिएको छैन, त्यसैले होम आइसोलेसनमा बस्ने छु ।’ उनले भने, ‘मेरो स्वास्थ्यका बारेमा चिन्ता लिनुहुने सम्पूर्णलाई धन्यवाद ।’
सदस्य रेग्मीले कन्ट्याक्ट ट्रेसिङका आधारमा शंका लागेपछि कोरोना परीक्षण गराएका थिए ।